शेयर बजारः आज दोहोरो अंकले बढ्यो

शेयर बजारः आज दोहोरो अंकले बढ्यो

काठमाडौं– आइतबार प्राविधिक समस्या आएपछि कारोबारमा समस्या आएको शेयर बजार सोमबार भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.२८ अंकले बढेर ११४२.९३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ अंकले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।

कूल १ सय ७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर खरिद भएको शेयर बजारमा सोमबार ४० करोड २८ लाख ४० हजार २ सय १३ रुपैयाँको कारोबार भयो ।

कारोबार भएका कूल ११ उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ अंकले घटेको हो । यस्तै बैंकिङ १७.१८, व्यापार २.७, होटल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २.५७, निर्जीवन बीमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४.२३ र जीवन बीमा ६.३६ अ‌ंकले बढेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८९ लाख ८६ हजार ६६, एनआइसी एशिया बैंक २ करोड २१ लाख २१ हजार ४९२, प्रभु बैंक लिमिटेड २ करोड १७ लाख ५७ हजार ८२७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको १ करोड ८२ लाख ६७ हजार २३६ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १ करोड ७१ लाख ५९ हजार ९५५ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

स्टकका अनुसार ङादी ग्रूपका शेयरधनीले ८.७७, कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले ७.८४, नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले ६.१५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३, अपि पावर कम्पनीका शेयरधनीले ५.३६ प्रतिशतले कमाएका छन् । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ३.६६, सपोर्ट माइक्रोफाइनान्स कम्पनी ३.४३, हाथवे फाइनान्स कम्पनी ३.२, बरुण हाइड्रो पावर कम्पनीका शेयरधनीले ३.१२ प्रतिशतले गुमाएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु