कुलमान घिसिङ्ग अमेरिका भ्रमणमा, विद्युत उत्पादन प्रक्रिया र वितरणका बारेमा छलफल

कुलमान घिसिङ्ग अमेरिका भ्रमणमा, विद्युत उत्पादन प्रक्रिया र वितरणका बारेमा छलफल

न्युयोर्क– नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्ग अहिले अमेरिका भ्रमणमा छन । विश्व बैकको निम्तोमा नेपाली उर्जा क्षेत्रमा भएको ‘चमत्कारिक’ परिवर्तनका बारेमा प्रचवन दिन उनी अमेरिका आएका हुन ।

विषेशत हिजोका दिनमा नेपाल जस्तै लोडसेडिङ्गको विकाराल समस्या झेलेका विश्वका अन्य मुलुकका लागि कुलमानको कार्यपत्र ‘सन्जीवनी’ हुन सक्छ ।असम्भव जस्तै कामलाई सम्भव बनाएका कुलमानले विश्व बैकको फोरममा नेपाल कसरी लोडसेडिङ्ग मुक्त भयो भन्नेमा कार्यपत्र नै प्रस्तुत गरे ।

‘नेपालमा पावर सेक्टरमा कसरी चेन्ज भयो, एकाएक कसरी लोडसेडिङ्ग हट्यो, कसरी व्यवस्थापन गरियो भन्ने अनुभव नै सेयर गरेको हु ।’ कुलमानले भने । कार्यक्रममा अफ्रिका सहित विश्वका अन्यमुलुकका उर्जाक्षेत्रमा कार्यरत व्यक्तिहरुको जमघट थियो ।

कुलमानले न्युयोर्क बिद्युत प्राधिकरणको पनि भ्रमण गरे । उनले न्युयोर्क प्राधिकरणका अधिकारि सँग विद्युत उत्पादन प्रक्रिया र वितरणका बारेमा छलफल गरे । न्युयोर्क विद्युतमा कार्यरत नेपाली इन्जीनियर सुर्य लम्सालको पहलमा कुलमान विश्वको आर्थिक राजधानी न्युयोर्कको विजुली अड्डामा झण्डै एक घण्टा विताए ।

उनलाई न्युयोर्क बिद्युत प्राधिकरणका इञ्जिनियरिङ्ग विभागका उपाध्यक्ष रबर्ट नोल्टनले स्वागत गरे । यस्तै न्युयोर्क बिद्युत प्राधिकरण का बैज्ञानिक फर्नान्डो साभेड्राले कम्पनीको भ्रमण गराउनाका साथै कर्माचारीहरु सँग भेटधाट र छलफल गरेका थिए । ‘बिद्युत क्षमता कसरी बढाउने, आधुनीक प्रविधिको प्रयोग, हाइभोल्टेजको ट्रान्समिशन लाईनका बारेमा जानकारी लिए, भेटघाट राम्रै भयो ‘ कुलमानले भने । यस्तै अमेरिका र क्पानाडाको सिमानामा रहेको “नायागरा” नदीबाट उत्पादित बिद्युत र त्यसको बाँड्फाडका बारेमा छलफल केन्द्रित भएको थियो ।

इन्जिनियर लम्सालका अनुसार नेपाल र न्युर्योकको विद्युत उत्पादनका केही मोडालिटी उस्तै उस्तै हुने गरेको छ । न्युयोर्क राज्य सरकारको स्वामित्वमा रहेको न्युयोर्क बिद्युत प्राधिकरणले करिव ६ हजार मेघावाट बिद्युत उत्पादन गर्छ । जस मध्ये ७० प्रतिशत हाइड्रो पावर पर्दछ । न्युयोर्क बिद्युत प्राधिकरणले राज्य भरि बाट १६ वटा ठाउँ बाट बिद्युत उत्पादन गर्छ । विश्वको एक आश्चर्य नायागरा फलमा पानी खस्नु अगाडी नदीको आधा पानी अमेरिका र क्यानाडाले बराबर बाडेर सुरुङ्गबाट आफ्नो देश लागि बिद्युत उत्पादन गरेका छन् ।

उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेको नेतृत्वमा आएका कुलमानले विश्व बैक सँग नेपालमा बन्न लागेका ठूला परियोजनामा लगानी गर्ने सम्वन्धमा पनि छलफल भएको बताए । ‘उर्जा मन्त्रालयका सचिव ज्यूको नेतृत्वमा रहेको हाम्रो टोलीले नेपालमा ठूला प्रोजेक्टहरुमा लागनी गर्ने सम्वन्धमा पनि छलफल गर्यो, बैकका अधिकारीहरु सकारात्मक छन्, हालका लागि हाम्रो छलफल अपर अरुण लगायतमा बैकको लागनीबारेमा भयो । ‘

विश्व बैकको कार्यक्रम पछि कुलमान झनै व्यस्त बनेका छन् । अमेरिकामा रहेका नेपाली बीचमा उनीप्रति देखिएको जवर्जस्त ‘क्रेज’ लाई ब्यव्थापन गर्न उनलाई हम्मेहम्मे परेको छ । डिसिमहानगर क्षेत्रमा कार्यरत तामाङ्ग सोसाइटी अफ ग्रेटर वासि‌टनले कुलमानको सम्मानमा विषेश कार्यक्रम नै आयोजना गर्यो । यस्तै तामाङ्ग सोसाइटी अफ न्युयोर्कले पनि कुलमान सँग अन्तर्क्रिया कार्यक्रम गह्यो । शनिवार साँझ क्यालिफार्निया जानु अघि उनी ज्याक्सनहाइटमा हुने कार्यक्रममा सहभागि हुदै छन् । ज्याक्सन हाइटमा अमेरिकी सडकलाई सगरमाथा नामाकरणको औपचारिकता दिइदै छ । नेपाली समुदाय र न्युयोर्क सिटिले आयोजना गर्ने कार्यक्रमका कुलमानलाई अभिनन्दन गरिदैछ ।

कुलमानले विदेशमा बस्ने नेपालीमा देशको विकास र राम्रो कुरा देख्ने चाहाना भएको आफुले पाएको प्रतिक्रिया दिए । ‘जहाँ गए पनि नेपालीमा सकारात्मक सोचको विकास भएको छ, खासमा मैले मेरो दायित्वपूरा गरेको हुँ, लोडसेडिङ्ग अन्तभयो त्यसले केही राम्रा हुदा माँया पाइदो रहेछ भन्ने देखायो ।’ विदेशमा रहेका नेपाली नेपालको राम्रो होस विकास होस भन्ने नै चाहादा रहेछन ।

“नायागरा” नदीको पानीको सदुपयोग गरि दुवै देशले लिएको फाइदाबाट नेपाल र भारतले शिक्षा लिनुपर्ने कुराले बिशेष महत्व पाएको थियो । अमेरिका र क्यानाडामा जस्तै नेपालको पश्चिममा बग्ने महाकाली नदीको पनि नेपाल र भारतले मिलेर सदुपयोग गर्न सकिनेमा सहभागिले सुझाव दिएका थिए ।

कुलमानले नायागरा र महाकाली प्राजेक्ट उस्तै उस्तै भए पनि केही फरक भएको बताए । ‘ नायागरा अमेरिका र क्यानडाको सिमाना हुदै समुद्रमा मिसिन्छ त्यसो हुदा हक बराबरी हुन्छ तर महाकालीको ठ्याक्कै त्यस्तो छैन । केही फरक छ तर पनि हामी बराबरीकै हैसियतमा छलफल गरिरहेका छौ ।’

अमेरिका र क्यानडा बिचको पानी उपयोग गर्ने सन्धि एउटा महत्वपूर्ण सन्धीको रुपमा स्थापित छ । त्यसमा कुनै एक देशले अर्को देशलाई हानी हुने भाषा प्रयोग भएको छैन । अधिकार र जिम्मेवारी बराबरी छ । अझ न्यु योर्क र क्यानाडा बिचको सेन्ट लरेन्स नदीमा त एउटै बाधलाई दुई देशले बराबरीमा प्रयोग गरेका रहेछन । त्यहाँ लाग्ने खर्च बराबरी बाड्ने र आउने आम्दानि पनि बराबरी लिने प्रवाधान रहेछ अमेरिका र क्यानाडामा यी हाइड्रो पावर प्रोजेक्टको बिषयमा मनमुटाव बाहिर आएका छैनन ।

न्युयोर्क बिद्युत प्राधिकरण ले करिव दुइ बर्ष अगाडि देखि विश्वको पहिलो “डिजिटल युटिलिटी” को रुपमा आफुलाई स्थापित गरेको छ । घिसिङ्गले उक्त डिजिटल प्रविधि बाट तयार पारिएको “आइसक” कक्षको पनि अबलोकन गरे ।

न्युयोर्क राज्यभरिको बिजुली उत्पादन मध्ये न्युयोर्क सिटी क्षेत्रले नै आधा बिद्युत खपत गर्ने जनाईएको छ । न्युयोर्क बिद्युत प्राधिकरण सँग १४ सय सर्क्युट माईल भन्दा लामो हाइभोल्टेज ट्रान्समिसन लाईनको स्वामित्व रहेछ । त्यसमा संसारको एक मात्र सात सय ६५ केभी ट्रान्समिसन लाइन लगायत तीन सय ४५ केभी, दुइ सय ३० केभी र एक सय १५ केभी लाइन पर्दछन । छलफलमा लामो समय देखि न्युयोर्क प्राधिकरणमा कार्यरत इन्जिनियर सुर्य लम्सालले बाधको सुरक्षा, ट्रान्समिसन लाइनको संरक्षण तथा पुनर्निर्माण र सम्पत्ति ब्यवस्थिकरण सम्वन्धमा विचार राखेका थिए ।

तथ्याङ्क अनुसार ५४ हजार पाँच सय ५६ बर्ग माईल क्षेत्रफ़ल भएको न्युयोर्क राज्यमा करिव २० मिलियन जनसंख्या छन् । न्युयोर्कमा ३३ हजार मेघावाट सम्म बिद्युत खपत हुने गर्दछ । नेपालको क्षेत्रफल ५६ हजार आठ सय २७ बर्ग माईल रहेको छ । नेपालको जनससख्या २९ मिलियन भएपनि करिव ११ सय मेघावाट विद्युत मात्र आपूर्ति हुदै आएको छ ।

 

 

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु