सान फ्रान्सिस्कोमा कुलमान घिसिङसँग संयुक्त रुपमा अन्तरक्रिया तथा सम्मानको कार्यक्रम हुँदै

सान फ्रान्सिस्कोमा कुलमान घिसिङसँग संयुक्त रुपमा अन्तरक्रिया तथा सम्मानको कार्यक्रम हुँदै
    • आशिष तामाङ

सानफ्रानसिस्को- तामाङ कोपरेशन सोसाइटी अफ क्यालिफोर्नियाको अगुवाइमा नर्थ क्यालिफोर्नियामा रहेका सबै सङ्घ संस्थाको सहभागितामा मार्च १० (आज)आइतबार साँझ ५ बजे सान फ्रान्सिस्कोमा कुलमान सिं घिसिङसँग अन्तरक्रिया र सम्मानको कार्यक्रम हुँदै छ ।

न्यूयोर्क लगायतका केहि शहरको भ्रमण पछि मार्च ९, २०१९ मा सान फ्रान्सिस्को पुग्दै छन्। यहाँको तामाङ सोसाइटी अफ क्यालिफोर्नियाले घिसिङको सम्मानमा एक भेटघाट तथा अन्तरकृया कार्यक्रम समेत राखेको छ।

तामाङ सोसाइटीका निवर्तमान अध्यक्ष कुमार दोङका अनुसार नेपालमा लोडसेडिङ्ग हटाउन ‘नायकत्व’ भुमिका खेलेका नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसँग अन्तरक्रिया र सम्मानको कार्यक्रमका लागि सबै सङ्घ संस्थाको सहभागितामा सानफ्रानसिस्कोमा कार्यक्रम गर्ने तयारी पुरा भइसकेको छ । घिसिङको कार्यक्रममा सहभागिता जनाउने विषयमा बे एरियाका सबै सङ्घ संस्था र समाजका अगुवाहरूमा एकता देखिएको छ ।

तामाङ कोपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष प्रेम लामा, महासचिव सुरज पाख्रिन, तामाङ समाज उत्तर अमेरिकाका वरिष्ठ अध्यक्ष शेर बहादुर लामा, नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया ९न्यान्स० अध्यक्ष रविन्द्र राईले कार्यक्रम आयोजनामा सम्पर्क ब्याक्तिको रूपमा काम गरिरहेका छन् । सानफ्रानसिस्को बे एरियामा रहेका अरू नेपाली सङ्घ संस्थाहरू सामुदायिक भवन निर्माण समिति (एन सी सी), सन्निसगरमाथा समाज, बुद्ध नेपाल पिस फाउण्डेशन, क्यालिफोर्निया शेर्पा एसोसिएसन,द ह्वाइट जोन लगायतका सङ्घ संस्थाको उपस्थितिमा कार्यक्रम हुने छ ।

उक्त कार्यक्रम निम्न मिति, स्थान र समय हुनेछ:

सम्पर्क व्यक्तिहरु

Venue: 173 Eddy St, San Francisco, California
Date: March 10 Sunday, 2019
Time: 5 pm
Prem Lama: 415 350 8153
Ravindra Rai: 510-366-6399
Suraj Pakhrin: 510-356-7457
Sher Bdr Lama: 415-627-8530

वडा समाचारहरु

सम्बन्धित समाचारहरु