उज्यालोका प्रतिक कुलमान घिसिङसँग लसएन्जल्सको संघ सस्थाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम हुँदै

उज्यालोका प्रतिक कुलमान घिसिङसँग लसएन्जल्सको संघ सस्थाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम हुँदै
  • आशिष तामाङ

लसएन्जल्स , लसएन्जल्स क्यालिफोर्नियामा नेपालमा लामो समय देखि ठुलो समस्याको रुपमा रहदै आएको लोडसेडिङ समस्याको अन्त्य गरि उज्यालोको क्रान्ति फैलाउने नेपाली हिरोको रुपमा लोकप्रिय रहनु भएको नेपाल बिधुत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ  हाल अमेरिकाको भ्रमणमा रहनु भएको  घिसिङलाई  विभिन्न संघ सस्थाले अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् ।

यसै सन्दर्भ मा लसएन्जल्समा अवस्थित तामाङ सोसाईटी अफ लसएन्जल्स क्यालिफोर्निया च्याप्टर, नेपाल अमेरिका एकता समाज लसएन्जल्स क्यालिफोर्निया, एनआरएन एनसीसी अमेरिका क्यालिफोर्निया च्याप्टर , र मधेसी एशोसियसन क्यालिफोर्निया च्याप्टरले  सयुक्त आयोजनामा कार्यक्रम आयोजना गर्ने भएको छ ।

वहाँको अत्यन्त व्यस्त समयको बावजुत पनी भेटघाटको निम्ति हामीले गरेको आग्रहलाई स्वीकार गरि छोटो समयको लागि लसएन्जल्स क्यालिफोर्निया आउनु हुने भएकोले  लामाले उक्त कार्यक्रममा उपस्थिति भई आफ्ना जिज्ञासा र सुझावका लागीे सम्पूर्ण लसएन्जल्स क्यालिफोर्नियामा रहेका नेपालीबासीहरुलाई निमन्त्रणा समेत गरेको छ । यस कार्यक्रमको बारेमा तामाङ सोसाईटी अफ लसएन्जल्स क्यालिफोर्निया च्याप्टरका अध्यक्ष टेक वाइबा लामाले जानकारी दिए ।

कार्यक्रम हुने मिति, स्थान र समय-

मिति : मार्च १२,२०१९ मंगलबार

समयः बेलुकी ९:०० बजे देखी शुरु गरिनेछ ।

स्थानः Nanking Indo-Chinese Restaurant Address: 18349 Pioneer Blvd artesia,CA

वडा समाचारहरु

सम्बन्धित समाचारहरु