मिस तामाङ २०१९ का बिजेताहरु सामाजिक कार्यमा अग्रसर हुदै (फोटोफिचर)

मिस तामाङ २०१९ का बिजेताहरु सामाजिक कार्यमा अग्रसर हुदै (फोटोफिचर)

काठमाडौं– महिला दिवसको अवसरमा मिस तामाङ–२०१९ ले सुन्दरीजल नयाँपाटीस्थीत यमुना चिल्ड्रेन होम्सका बालबालिकाहरुलाई स्टेसनरी, केक र नगद रकमको सहयोग गरेका छन् ।

मिस तामाङ–२०१९ बिजेता सरिता पाख्रिन तामाङ, प्रथम रनर अप सबिना दोङ र सेकेन्ड रनर अप अप्सरा स्याङदानले सामुहिक रुपमा सहयोग गरेका हुन् । कार्यक्रमको सह–आयोजक टाइम्स स्कीन केयर एण्ड ब्युटी स्टुडियो प्रा. लि.का सञ्चालक पासाङ मोक्तान लामा र फुर्वा ल्हामू शेर्पा रहेका छन् ।

मिस तामाङका बिजेताहरुले आगामी दिनमा पनि यमूना बालगृहका बालबालिकाहरुलाई पठाउने, मनोरञ्जनात्मक कार्यक्रमहरु गराउने र आर्थीक सहयोग पनि उपलब्ध गराईदिने जस्ता कार्यहरु गरिदिने मिस तामाङकी बिजेता सरिता पाख्रिन तामाङले गोकर्णन्युजलाई बताइन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु