बालबिकास बोर्डिङ स्कुलको २४ औं अभिभावक दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न

बालबिकास बोर्डिङ स्कुलको २४ औं अभिभावक दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न

काठमाडौं– बालबिकास बोर्डिङ स्कुलले आफ्नै बिद्यालयको प्राङ्गणमा आज २४ औं अभिभावक दिवस, सास्कृतिक कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । बुढानीलकण्ठ–४ मा रहेको यस बिद्यालयले २०७५ को शैक्षिक अवधिमा बिभिन्न आन्तिरिक क्रियाकलापमार्फत उत्कृष्ठ स्थान हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमको प्रमुख अथितिमा नगरपालिका शिक्षा शाखा अधिकृत नवराज नेपाल रहेका थिए । अथितिहरुमा प्रदेश नं ३ सभासद तथा भु.पु प्रधानाध्यापक भिमसेन खत्री, समाजसेवी ब्रहदेव श्रेष्ठ, साधुराम पण्डित क्षेत्री लगायतका ब्यक्तित्वहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रकममा चाइनिज क्लासमा प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई र शिक्षकशिक्षिकाहरुलाई समेत सम्मान गरिएको थियो । अभिभावक दिवस, सास्कृतिक कार्यक्रम तथा पुरस्कार बितरण समारोहमा नर्सरी देखी कक्षा १० सम्मका बिद्यार्थीहरुले आफ्नो गायन, नृत्य लगायतका प्रतिभाहरु प्रस्तुत गर्दै कार्यक्रमलाई निकै मनोरञ्जनात्मक बनाएका थिए । कार्यक्रममा १००० जनाभन्दा बढी सर्वसाधारणहरु उपस्थीत भएको बालबिकास बोर्डिङ स्कुलका प्रधानाध्यापक महेश श्रेष्ठले गोकर्णन्युजलाई बताएका छन् ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु