अस्ट्रेलियामा गाडीको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु

अस्ट्रेलियामा गाडीको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु

मेलबर्न– अस्ट्रेलियामा गाडीको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी काभ्रेपलाञ्चोकको बनेपाकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको हो ।

काम सकेर राति करिब १ बजे घर फर्कदा सडक पार गर्ने क्रममा गाडीले ठक्करले टाउकोमा गम्भीर चोट लागेकी श्रेष्ठको उपचारका क्रममा मार्च ४ तारिखमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते हुने बित्तिकै सोही गाडी चालकले प्रहरीलाई खबर गरेका थिए ।

निधन हुनुअघि उनले अङ्ग दान गर्ने निर्णय गरेकी थिइन् भने उनका आफन्तहरू ७ मार्चमा मेलबर्न आइपुगेपछि मात्र अस्पतालले यो खबर औपचारिक रूपमा जानकारी दिएको थियो ।

श्रेष्ठको अन्त्येष्टी आगामी हप्ता मेलबर्नमै गरिने जनाइएको छ । ९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्नस्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु