फिफाले अनुमति नदिएपछि नेपाल र मेलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

फिफाले अनुमति नदिएपछि नेपाल र मेलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

काठमाडौं  – नेपाली राष्ट्रिय फुटबल टिम र मलेसियाबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि नेपालसँग यही २६ मार्चका लागि तय भएको खेल तत्कालका लागि स्थगित भएको हो ।

मैत्रीपूर्ण खेलका लागि एएफसीले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यो महिना कोटाभन्दा बढी खेल हुने भएकाले फिफाबाट अनुमति नपाएको हो ।

मलेसियाले फिफाबाट एक महिनामा ३ मैत्रीपूर्ण खेल खेल्न पाउने प्रावधान रहेको छ । मलेसियाले यसअघि नै २ खेल खेलिसकेको छ ।

अखिल नेपाल फुटबल संघ (*एन्फा) का टिम व्यवस्थापक दावा लामाले मैत्रीपूर्ण खेल तत्कालको लागि स्थगित भएको बताए ।

उनले मलेसिया फुटबल र एन्फा मैत्रीपूर्ण खेल स्थगित गर्न सहमत भएको र नयाँ मिति घोषणा गरिने जानकारी दिए ।

मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भए पनि नेपालले कुवेतसँग उसैको मैदानमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

जसमा पहिलो खेल २१ तारिखमा हुनेछ भने अर्को खेल २५ तारिखमा हुनेछ । जसका लागि नेपाली फुटबल टिम १९ तारिखमा कुवेत प्रस्थान गर्नेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु