लैगिङ्ग हिसां बिरुद्ध अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न

लैगिङ्ग हिसां बिरुद्ध अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न

काठमाडौं– नारी सशक्तिकारण र भुमिकालाई मध्यनजर गर्दै राष्ट्रिय मानबअधिकार प्रतिष्ठान बौद्ध शाखाले फागुन २४ गते बिश्व नारी दिवसको अवसर पारेर लैङ्गिक हिसां तथा अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम पासाङ तामाङ(घिसिङ)को सभापतित्वमा गोकर्णेश्वर नगरपालिका–९मा रहेको भ्यु पोइन्ट रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

कार्यक्रमका सभापति एवं राष्ट्रिय मानबअधिकार प्रतिष्ठान बौद्ध शाखाका प्रमुख पासाङ घिसिङ तामाङले नारी दिवस बर्षको ३६५ दिन नै मनाएमात्र सामाजिक रुपान्तरण हुने बताए । घर, समाज र राष्ट्र उन्नतिका निम्ती नारीहरुलाई जिम्मेवारीको मूल धारमा ल्याए मात्र सामाजिक न्याय हुने सभापति तामाङले बताए । उनले भने “एउटा नारीले धेरै परिचय बोकेकी हुन्छिन्, कहिले छोरी, कहिले बुहारी, कहिले आमा हुदै सम्पूर्ण मानब सृष्टीमा नारीकै महत्वपूर्ण जिम्मेवारी हुने भएकाले नारी सम्मानले मात्र समाज राष्ट्र सम्मानित हन्छ” तामाङले भने ।

यस अन्तरक्रिया कार्यक्रमको प्रमुख अथितिमा राष्ट्रिय मानब अधिकार प्रतिष्ठानका केन्द्रिय अध्यक्ष भवानी प्रसाद खरेल र बिशेष अथितिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख शन्तोष चालिसेले आफ्नो उपस्थीती जनाएका थिए ।

 

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु