विद्या व्यायाम स्कुलले मनायो ३३ औँ अभिभावक दिवस

विद्या व्यायाम स्कुलले मनायो ३३ औँ अभिभावक दिवस
  • सुरज लकान्द्री

काठमाडौं– विद्या व्यायाम स्कुलले ३३ औँ अभिभावक दिवस मनाएको छ । गोकर्णेश्वर – ९, शंखडोलमा आज फागुन २४ (शुक्रबार) सोही स्कुलको प्राङ्गणमा मनाएको हो ।

अभिभावकहरुको बाक्लो उपस्थिती रहेको उक्त भव्य समाहरोमा प्रमुख अतिथी शिक्षा विकाश तथा समन्वय इकाई काठमाडौका अध्यक्ष नन्दलाल पौडेल र विषेश अतिथीमा गोकर्णेश्वर नगरपालिकाको शिक्षा शाखाका उप–सचिब नारायण काजी कासी छवाको उपस्थिती रहेको थियो ।

उक्त समाहरोमा स्पोर्टस उइकका विजेतालाई प्रमुख अतिथी नन्दलाल पौडेलले विजेता विद्यार्थीलाई मेडलले सम्मानित गरेका छन् यसका साथै अन्य विधा पनि विद्यार्थीहरु सम्मानित भएका छन् । जसअन्तर्गत विद्यार्थी पुरस्कार तर्फमा प्रथम, द्धितिय, तृतिय श्रेणीमा ठाउँ ओगट्न सफल विद्यार्थी लाई र उत्कृष्ट शिक्षकमा कल्पना पोखरेललाई धन राशी सहित सम्मानित गरिएको छ ।

त्यस्तै सर्वउत्कृष्ट पुरस्कारको तर्फ बाट सो स्कुलका क्याप्टेन रुपेश गुरुङ, भाइस क्याप्टेनमा कृष्ण महत, मोनिटरमा निखिल नेपाली र भाइस मोनिटरमा प्रतिभा राय सम्मानित भएका छन् । कार्यक्रमलाई रमणीय बनाउँदै सो स्कुलका विद्यार्थीहरुले नाटक, नृत्य, करातेँ र गायन जस्ता कलाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिभावकको बाक्लो उपस्थितीले विद्यार्थीहरुलाई अझै उत्साहित र हौसला प्रदान गरेको थियो ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु