अखिल नेपाल ट्रेड युनियन महासंघ महिला कमिटिद्धारा पेरिशडाँडामा कार्यक्रम

अखिल नेपाल ट्रेड युनियन महासंघ महिला कमिटिद्धारा पेरिशडाँडामा कार्यक्रम

काठमाडौं  – अखिल नेपाल ट्रेड युनियन महासंघ महिला कमिटिद्धारा महिला दिवसको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको  छ ।

१०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेरे कमिटिले आज केन्द्रीय कार्यालय पेरिशडाँडामा एक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा स्याङ्जा प्रदेश सभा सदस्य जयपुरी घर्तीले विगतमा भन्दा अहिले महिलाहरुको सहभागीता संसद देखी विभिन्न पेशा र संगठनहरुमा भएता पनि प्रयाप्त मात्रमा नभएको बताइन । उनले महिलाहरु घरको चुलो चौकोमा मात्र सिमित नभएर अब संगठन विभाग र विभिन्न पेशामा नेतृत्वदाइ भुमिकामा आउनु पर्नेमा जोड दिईन ।

सांसद घर्तीले महिलाहरु विरुद्धहुने हिसां र अपहेलना जस्ता अमानविय व्यावहारका विरुद्ध ट्रेड यनियन महिला विभाग डटेर लाग्नु पर्ने धारणा व्यक्त गरिन । घर्तीका अनुसार महिलाहरुलाई शशक्तीकरण गराउदै विभिन्न तालिम तथा व्यावसायमा समेत आबद्ध गराउदै राज्यका विभिन्न निकायहरुमा महिलालाई नेतृत्वदाई भुमिकामा पु¥याउने बिषयमा सरकार लागिपरेको बताईन ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष गणेश रेग्मीले महिलाहरु आरक्षणमा सिमित नभई आफै केही गर्न सक्ने अठोटका साथ अगाडी बढ्नु पर्ने बताए । उनले विभिन्न कलकारखान ,उधोगधन्दा,प्रतिष्ठानहरुमा समेत महिलाले नेतृत्वदायी भुमिका लिनुपर्ने उल्लेख गरे । अध्यक्ष रेग्मीले श्रम ऐनले दिएको हक अधिकारलाई कसैले दिन कञ्जुस्यै गरे त्यसको प्रतिवाद गर्न श्रमिक तथा महिला वर्गलाई समेत आग्रह गरे । उनले भने ”कानुन निति नियम विरुद्ध श्रमिकको हक अधिकारलाई कसैले खोस्ने दुस्साहस गरे अखिल नेपाल ट्रेड युनियन महासंघ चुप लागेर बस्दैन , श्रमिका साथ हक अधिकार दिलाउने कार्यमा पुर्ण रुपमा लाग्छ” ।

कार्यक्रममा  स्याङ्जा प्रदेश सांसद एव्म शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुर्ती घर्ती ,अखिल नेपाल टे«ड युनियन महासंघ अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष जया कार्की,उषा देवकोटा लगाएत विभिन्न सम्बद्ध निकायका प्रतिनिधिहरुको आतित्थ्यता रहेको थियो । अखिल नेपाल ट्रेड युनियन महासंघ महिला विभाग अध्यक्ष बिष्णु थापाको सभापतित्वमा भएको कार्यक्रम सचिव निशा खरेल ले संचालन गरेकी थिईन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु