नयाँपाटी सहकारीले विद्यालय स्तरीय दौड तथा उसु प्रतियोगिता गर्दै

नयाँपाटी सहकारीले विद्यालय स्तरीय दौड तथा उसु प्रतियोगिता गर्दै

काठमाडौं –  नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले फागुन २५ मा दौड तथा उसु प्रतियोगिता गर्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिका २ स्थित नयाँपाटीमा रहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं स्थापना दिवसको अवसर पार्दै विद्यालय स्तरिय दौड तथा उसु प्रतियोगिता गर्न लागेको हो ।

सहकारी क्षेत्रको माध्यमबाट खेलकुद को विकास पु¥याउने साथै सामाजिक क्रियाकलाप सँग जोडिदै अगाडी बढ्ने उदेश्य अनुरुप कार्यक्रम आयोजना गर्न लागेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सहकारीको स्थापना दिवसको उपलक्ष्यमा दौड तथा उसो प्रतियोगिता गर्न लागिएको बताए । ”नयाँपाटीले आर्थीक पाटोलाई मात्र नभई सहकारी सिद्धान्तलाई समेत मध्यनजर गर्दै सामाजिक उत्तरदाहित्वको बहन पुरा गर्न साथै खेलकुद क्षेत्रको विकासमा समेत टेवा पुग्ने ठानेर यो प्रतियोगिता गर्न लागेका हौं” उनले भने ।

संस्थाले आफ्नो स्थापन दिवसका दिन (चैत १६ ) एक कार्यक्रम गरी पुरस्कार वितरण गर्ने जनाएको छ । प्रतियोगिताका प्रथम द्धितिय ,तृतिय र सान्त्वनलाई समेत नगर पुरस्कार राशी सहित प्रमाणपत्र वितरण गर्ने संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागी हुने प्रतियोगिलाई कुनै शुल्क लाग्ने छैन भने दौड प्रतियोगिहरुलाई समेत निशुल्क टिसट वितरण गरिने छ ।
संस्थाले सामाजिक कार्य अन्तर्गत विगतका दिनहरुमा निशुल्क स्वास्थ्य शिविर लगाएतका कार्यहरु गर्दै आएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु