अनेनिम संघ बूनपा र महानगर समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

अनेनिम संघ बूनपा र महानगर समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं– अखिल नेपाल निर्माण मजदुर संघ बुढानीलकण्ठ नगर समिति र महानगरको मुख्य आयोजनामा अन्य संघ संस्थाहरुसंग सहकार्य गरेर बृहत रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क औषधी बितरण कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यकम्रमा अखिल नेपाल निर्माण मजदुर संघका ५० रक्तदाताले रक्तदान गरेका थिएभने जम्मा ४५० रक्तदाताले रक्तदान गरेका थिए । यस्तै ६५० जनाले स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी बितरणको लाभ लिएका थिए । कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादबले एक बालकको स्वास्थ्य परिक्षण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रम डा. सुरेन्द्र कुमार यादबको प्रमुख अथित्यतामा शुभारम्भ भएको थियो यसैगरी कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष जया कार्की, अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रिय उपाध्यक्ष कमल न्यौपाने, अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रिय महिला बिभाग प्रमुख बिष्णु श्रेष्ठ, प्राङ्गारिक मञ्च नेपालका केन्द्रिय अध्यक्ष कुलबहादुर लिम्बु लगायत अन्य ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रमुख अथिति डा. सुरेन्द्र कुमार यादबले कार्यक्रममा स्वाथ्य जस्तो संवेदनशील क्षेत्रका समस्याहरुलाई नियालेर अखिल नेपाल निर्माण मजदुर संघ (बुनपा नगर र महानगर)ले सामाजिक कार्य गरेकोमा आफुलाई निकै खुःसी लागेको बताए । यादबले कार्यक्रममा यति धेरै संघ संस्थाहरुलाई सहकार्य गराई एउटै मञ्चमा उभ्याएर सामाजिक कार्यको आयोजना गरेकोमा आफु निकै हर्षित भएको बताउदै अन्य ठाँउमा यत्तिका संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा आफु अहिलेसम्म सरिक नभएको बताए । उनले आयोजकलाई धन्यबाद दिदै भबिष्यका दिनहरुमा पनि यस्तै किसिमका कार्यक्रमहरु आयोजना गर्न सुझाब समेत दिएका थिए ।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष जया कार्कीले मन्तब्य ब्यक्त गर्दै ट्रेड यनियन सम्बद्ध अखिल नेपाल निर्माण मजदुर संघ बुनपा नगर समितिले मजदुरका हक, हित र अधिकारका पक्षमा दृढताका साथ काम गरिरहेको र सम्पुर्ण मजदुरका हक, हित र अधिकार सुनिश्चितताका लागि अन्य ट्रेड युनियनहरुसंग समन्वय गर्ने बताए । उनले बुढानीलकण्ठ नगरपालिका सदस्य कृष्ण बहादुर मिजारको संयोजकत्वमा ०७५–१०–१८ का दिन बुढानीलकण्ठ नगर प्रमुख उद्धब खरेलको प्रमुख अथिति तथा जेटयुसीसीका अध्यक्ष बिनोद श्रेष्ठ साथै अन्य ट्रेड युनियनका बिशिष्ठ पदाधिाकरीहरुको अथित्यतामा ९ सदस्यीय श्रम सम्बद्ध समन्बय समितिको गठन गरिसकेको बताए । उनले सम्पुर्ण संघ संस्थाहरुसंग समेत युनियनले सामाजिक कार्यको लागि सहकार्य गराएकोमा आफु खुःसी लागेको बताए ।

अखिल नेपाल निर्माण मजदर संघका केन्द्रिय उपाध्यक्ष कमल न्योपानेले कार्यक्रममा अब युनियनले आफ्नो पेशा सम्बद्ध हक, हित र अधिकारको पक्षमा मात्र काम नगरेर आम जनताको हितको पक्षमा समेत काम गर्न शुरु गरेको बताए । उनले युनियनले मजदुरको मात्रै समस्या नभएर रोजगार दाता र मजदुर बीच अ.ने.नि.म संघले पुलको काम गरिरहेको समेत बताए । उनले बुनपाले बिशुद्ध सामाजिक कामहरुको समेत शुरुआत गरिरहेको र आगामी दिनहरुमा पनि यस्ता प्रकारका सामाजिक कामहरुमा अन्य संघसंस्थालाई समेत जोडिरहने बताए ।

अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रिय महिला बिभाग प्रमुख बिष्णु श्रेष्ठले निर्माण पेशामा काम गरिरहेका सम्पूर्ण महिला मजदुरहरुलाई शारिरिक, मानसिक र आर्थीक शोषणमा रहेर काम गरिरहनुपर्ने बाध्यतालाई चिर्नका निम्ती सम्पुर्ण महिला मजदुर साथीहरुलाई आफुले भोगिरहेको समस्याको बारेमा खुलेर प्रतिकार गर्न आह्वान गरिन् । उनले नेपालमा ईतिहासदेखि नै महिलाहरु शोषित हुदै आएको बताउदै महिलाहरुले पनि आफुभित्रक दबिएर रहेका आवाज बुलन्द गर्न आह्वान गरिन् ।

प्राङगारिक मञ्च नेपालका केन्द्रिय अध्यक्ष कुल बहादुर लिम्बुले सम्पुर्ण जनताहरुले आफ्नो परिवार र देशलाई स्वस्थ राख्न आफ्नो खानपानमा प्रयोग गरिने खाद्य पर्दाथहरुलाई बिशुद्ध अर्गानिकमय बनाउन आग्रह गरेका थिए । उनले यसका लागि प्राङगारिक मञ्च नेपाल मेची महाकाली अर्गानिकरण अभियानमा लागिरहेको बताए । उनले देशवासीको स्वास्थ्यका निम्ती सदैब लागिरहेको बताउदै सम्पुर्ण नेपालीहरुलाई स्वस्थ हुन् भान्सामा प्रयोग हुने सम्पुर्ण कृषिजन्य खाद्य पदार्थ अर्गानिकमय भएमा आफ्नो परिवार सहित देश नै स्वस्थ हुने बताए ।

अनेनिम संघ महानगर समिति अध्यक्ष जिवन राईले निमार्ण मजदुरहरुका समस्याहरु र निमार्णसंग सम्बन्धीत समस्याहरुलाई मात्र नभई समग्र जनताहरु सँग सम्बन्धीत रहेका सामाजिक कार्यहरुमा हालेमालो गर्दै महानगर समिति अगाडी बढ्ने बताए । उनले छरिएर रहेका मजदुरहरुलाई समेत एकक्रित गर्दै  समिति अगाडी बढ्ने बताए ।

अखिल नेपाल निर्माण मजदुर संघ बुनपा नगरसमिति अध्यक्ष दिनेश लिम्बुले अ.नि.नि.म. संघ बुनपा समितिले मजदुरहरुको हक, हित र अधिकार सुनिश्चितताका लागि काम गर्ने सम्पूर्ण जिम्मेवारी श्रम सम्बद्ध समन्बय समितिको सदस्यको हैसियतले आफ्नो काँधमा पनि आएको बताए । यसका साथै स्थानिय निकायमा समस्त मजदुरहरुको सिप, क्षमता र योग्यताको पहिचान गरि मजदुरलाई बर्गिकरण गर्दै तथ्याङ्क संकलन गरिरहेको बताए । उनले स्थानिय निकायहरुमा मजदुरहरुलाई पञ्जिकृत र सुचिकृत गर्ने बताउदै  नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा योजना कार्यक्रममा सम्पुर्ण असंगठित र अनौपचारिक क्षेत्रमा काम गरिरहेका निर्माण मजदुरहरुलाई सहभागी गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममका बुनपा नगर समितिका अध्यक्ष दिनेश लिम्बु र महानगर अध्यक्ष जीवन राईले पनि रक्तदान गरेका थिए । दुबै अध्यक्षले कार्यक्रममा निःशुल्क औषधि बितरण गरिदिने, स्वास्थ्यकर्मीहरु उपलब्ध गराईदिने सङ्घ संस्था, सुरक्षकर्मी र मिडियाकर्मी साथीहरुलाई धन्यबाद दिदै कार्यक्रम सम्पन्न भएको थियो ।

  

    

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु