स्कुललाई व्यापारिक क्षेत्र नभई शैक्षिक थलोको रुपमा विकास गरौं – सांसद राई

स्कुललाई व्यापारिक क्षेत्र नभई शैक्षिक थलोको रुपमा विकास गरौं – सांसद राई

काठमाडौँ  – गोकर्णेश्वर–५ नयाँबस्ती, जोरपाटीमा अवस्थित टाइमलाइन्स विद्यालयले आफ्नो अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष नवराज रिसालको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमूख अतिथि काठमाडौँ क्षेत्र न.३ का प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राई रहेका थिए भने अतिथिहरुमा, केन्द्रिय प्याब्सनका उप महासचिव एव्म साङग्रीला स्कुलका प्रधानाध्यापक कुमार घिमिरे, प्याब्सन काठमाडौँका अध्यक्ष एव्म विद्या व्यायाम स्कुलका प्रधानाध्यापक हरि कृष्ण श्रेष्ठ लगाएतको आतित्थ्या र उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले टाइमलाइन स्कुल व्यापारिक क्षेत्र नभई शिक्षाको क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने उद्देश्य अनुरुप अगाडी बढेको भन्दै धन्यवाद प्रकट गरे । उनले केही विधालय र स्कुलहरु शिक्षालाई व्यापारीक केन्द्र जस्तो बनाउने ध्येमा लागेको भन्दै स्कुललाई व्यापारिक क्षेत्र नभई शैक्षिक थलोको रुपमा विकास गर्दै अगाडी बढ्न आग्रह गरे । सांसद राईले विद्यालयमा घोकन्ते विधा मात्र नभई जीवन जिउने कला समेत सिकाउदै विद्यार्थीहरुलाई अगाडी बढाउन शिक्षक शिक्षिकाको महत्वपुर्ण भुमिका हुने उल्लेख गरे । बच्चाहरुको पहिलो पाठशाला आफ्नो घर र दोस्रो पाठशाला विद्यालय भएकाले अभिभावकले बच्चा बच्चीहरुलाई लगाव र रुचिलाई ध्यान दिएर अगाडी बढाउनु पर्ने उनको भनाई थियो ।


सांसद राईकाले आमाको ममता, न्यानो स्पर्सले बालबालिकाको अभिभावकले आफ्नो बच्चाहरुको शैक्षिकान्तर, विद्यालयमा हुने क्रियाकलाय, सार्वभाङगीण विकासको बारेमा र व्यवहारिक शैक्षिक प्रणालीमा जोड दिनुपर्ने बताए । हरेक विद्यालयले विदेशी निकायको शिक्षालाई होइन, व्यवहारिक शिक्षा, नेपाली समाज, संस्कृतिलाई समेत र स्वदेशी शिक्षालाई प्रभावकारी ढङ्गबाट अब्बल बनाउन विद्यालयहरु लाग्नु पर्नेमा जोड दिए । उनले भने, ”नेपाली विद्यार्थी विदेशीएर अलपत्र परेका छन्, पैसा र समय दुवै बालुवामा पानी खनाएजस्तो भएको छ, नेपालमै भएका विश्व विद्यालयलाई छाडेर विदेशीने क्रमलाई रोकेर अगाडी बढ्नुपर्छ, नेपाली विद्यार्थीहरुलाई नेपालमै पढ्ने र केहि गर्ने वातावरण तयार गर्नुपर्छ ”।

कार्यक्रममा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरुले नृत्य, गायन, नाटक, योगा, मार्सल आर्ट (कराते), तेक्वान्दो, राइम्स प्रस्तुती दिई आफ्ना अभिभावक, शिक्षक तथा अतिथिहरुलाई मनोरञ्जन दिएका थिए । कार्यक्रमलाई भव्य कार्यक्रम रुपमा सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पु¥याउने सबै सहयोगी हातहरुलाई आयोजकको तर्फबाट विद्यालयका संस्थापक अध्यक्ष नवराज रिसालले धन्यवाद व्यक्त गरे ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु