गोनपा- ४ मा दुर्व्यसन सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

गोनपा- ४ मा दुर्व्यसन सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौं  – गोकर्णेश्वर नगरपालिका- ४ मा लागु औषध दुर्व्यसन सम्बन्धी बालबालिका लक्षित जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर सहयोगी समाज उपभोत्ता समितिको आयोजनमा गोनपा -४ को कार्यलय भवनमै लागु औषध दुर्व्यसन सम्बन्धी बालबालिकाहरुलाई प्रशिक्षण दिईएको हो ।

गोकर्णेश्वर नगरपालिकाका ४ का वडा अध्यक्ष श्रि कुमार श्रेष्ठको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा सहयोगी माध्यमीक विधालय र वल्र्ड युथ इन्टरनेशनल विधालय करिव १ सय ५० विधार्थी सहभागी भएको सहयोगी समाज  उपभोत्ता समितिका अध्यक्ष विमल महतले जानकारी दिएका छन् । महतका अनुसार दुर्व्यसनमा लाग्ने उमेर नै विधालय स्तर बाटै हुने गरेकोले यस्ता जनचेतनामुलक कार्यक्रमले दुर्व्यसनमा लाग्नलाई रोक्ने विश्वास अनुरुप प्रशिक्षण कार्यक्रम गरिएको बताए ।

सोबर रिकवरि उपचार केन्द्रका संस्थापक अध्यक्ष छिरिङ् वाङदी र संस्थाकै कार्यक्रम संयोजक धिरेन गुरुङले विधार्थीहरुलाई प्रशिक्षण दिएका थिए । अध्यक्ष वाङ्दी ले दुर्व्यसनमा लाग्ने उमेर यही भएकोले यसै उमेरमा उनिहरुलाई यसका नकरात्मक असर र प्रभाव बारे जानकारी गराउदा त्यो बाटो बाट अलग हुन सक्ने उदेश्य अनुरुप प्रशिक्षण दिएको बताए । उनले भने ‘कसैको लहलहिमा लाग्ने र खाउन त कनै हुन्छ र भन्दै नसालु पदार्थ सेवन गर्ने भएकोले विधालय लक्षित प्रशिक्षण दिएका हौं ‘। दूव्र्यशनीलाई न्यूनिकरण र रोकथाम गर्न आफ्नो ठाँउबाट सकेको सहयोग गरौ भनेर प्रशिक्षण कार्यक्रममा सहभागी भएको बताए । उनले हिजोका दिनमा आफु समेत दूव्र्यशनको दलदलमा फसेको स्मरण गर्दै भोली आउने भाई बहिना पनि हिजोको आफ्नो जस्तो अवस्था नहोस भन्नका खातिर समेत यस्ता कार्यक्रममा सहभागी भई आफ्ना भोगाई सुनाई गर्ने गरेको बताए ।

अध्यक्ष वाङ्दीले विभिन्न देशहरुमा गएर लागु औषध दुर्व्यसनी रोकथाम लगाएतका बिषयमा तालिम प्राप्त गरिसेका छन् ।
प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिदै मङगलबार (भोली) समेत गोनपा ४ मा प्रशिक्षण दिन लागिएको आयोजकले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु