प्राक्सिसद्वारा डा. महावीर पुन सम्मानित

प्राक्सिसद्वारा डा. महावीर पुन सम्मानित

काठमाडौ महानगरपालिका वडा न ७ स्थित चुच्चेपाटीमा अवस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीले बिधालयको २० औ वार्षिक उत्सव तथा अभिभावक दिवस पुर्व सस्कृती, पर्यटन नागरिक तथा उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भव्य तथा सभ्य रुपमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । सम्मानित हुनु हुने ब्यक्तिहरुमा प्रविधि अभियान्त तथा राष्ट्रिय आविष्कार तथा अनुसन्धान केन्द्रका सस्थापक डा. महावीर पुन लाइ “प्राक्सिस प्रविधि अभियान्त सम्मान २०७५”, विश्व साइकल यात्री लाई “प्राक्सिस साहसिक ब्यक्तित्व सम्मान २०७५”, नेपाली चलचित्र जगतका चर्चित सुपर स्टार नायक रमेश उप्रेती लाई “प्राक्सिस दिर्घ कलाकार सम्मान २०७५”, वरिस्ट नृत्य निर्देशक महेश गोदारलाई “प्राक्सिस उत्कृष्ट नृत्य निर्देशक सम्मान २०७५”, पत्रकार त्रय शिवशक्ती आचार्य लाई ” प्राक्सिस युवा पत्रका सम्मान २०७५”, शेर बहादुर कार्की लाई “प्राक्सिस शिक्षा पत्रकार सम्मान २०७५” , शोभराज बराल लाई ” प्राक्सिस सकारात्मक पत्रकारीता सम्मान २०७५”, चर्चित उत्प्रेरक वक्ता रविन कटुवाल लाई ” प्राक्सिस युवा मोटिभेसलनल स्पिकर सम्मान २०७५” र नारायण प्रसाद पौडेल लाई ” प्राक्सिस सामाजिक अभियान्त सम्मान २०७५” द्वारा सम्मानित गरिएको थियोे ।

उक्त भव्य समारोहमा विशिस्ट अतिथिकोहरुमा पुर्व प्रधानन्यायाधीस केशव प्रसाद उपाध्यय, एन प्याब्सन काठमाडौका अध्यक्ष विष्णु पराजुली र का.म. वडा न ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोल लगायत विभिन्न बिध्यालायका प्रिन्सीपल, सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो मात्रमा उपस्थिति रहेको थियो । सोहि अवसरमा बिद्यार्थीहरुले नृत्य, गायन,नाटक, योगा,मार्सल आर्ट (कराते),राइम्स प्रस्तुति दिई आफ्ना अभिभावकहरुलाइ मनोरञ्जन दिएका थिए । त्यसै गरि चर्चित राष्ट्रिय गायक रुपक डोटेल, लोक गायक राजेन्द्र लामा, हास्य कलाकार राजेन्द्र गिरी(गुन्दुके) र स्माइल ब्याण्ड ले प्रस्तुति दिदा सबै अभिभावक , अतिथिगण, बिद्यार्थी लगायत शिक्षकहरुलाइ नचायर झुमाएका थिए।

उक्त अवसर पारेर प्राक्सिसले मिस्टर एन्ड मिस प्राक्सिसको ग्रान्ड फिनाले गरेका थिए; जस्मा अर्चाना मोक्तानले मिस प्राक्सिस्को ताज आफ्नो पोल्टा पार्न सफल भएका थिए भने मङ्लक्ष्मी राई र प्रतिस्ठा कटुवाल क्रमश फस्ट रनर अप र सेकेन्ड रनर अप हुन सफल भएका थिए भने मिस्टर प्राक्सिसको उपाधी मुकेश पान्डे हात पार्दा दिपेश श्रेष्ठले फस्ट रनर अपमा चित्त बुझाउनु परेको थियो । त्यही दिनलाइ विशेष बनाउन्दै डान्सको पनि ग्रान्ड फिनाले सम्पन्न गरेका थिए; जस्मा अनुसा तिमल्सिना,अनामिका श्रेष्ठ ,इरुसा श्रेष्ठ र डोल्मा शेर्पा क्रमशः प्रथम, दिद्दिय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रम सम्म्पन गर्न प्रत्यक्ष , अप्रत्यक्ष सहयोग पुर्याउने सबै सहयोगी हातहरुलाइ बिधालयका प्रिन्सीपल गेन्द्र लामाले धन्यवाद ब्यक्त गरेका थिए।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु