एकता अन्तर विद्यालय लोकनृत्यमा बालबाटिकाले मा¥यो बाजी

एकता अन्तर विद्यालय लोकनृत्यमा बालबाटिकाले मा¥यो बाजी

सुरज लकान्द्री,

काठमाडौं – जोरपाटी, नयाँबस्तीस्थित एकता जेम्स एकेडेमीले १७ फागुनमा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ । न्युटन एकेडेमीको प्रायोजनमा जेम्स ऐकेडेमीमै आयोजना गरिएको प्रथम एकता अन्तर विद्यालय लोक नृत्यमा उपत्यकाका १४ वटा विद्यालय सामेल भएका थिए ।

त्यो लोक नृत्य प्रतियोगितामा जोरपाटीको बालबाटिका स्कुलले प्रथम स्थान हासिल गरेको छ भने दोस्रो र तेस्रो स्थान बुढानिलकण्ठको बेदव्यास विद्याआश्रम र गोकर्णेश्वरको ग्रीनतारा स्कूले हासिल गरेका छन् । प्रतियोगितामा सान्त्वना पुरस्कार ढुंगेधाराको विभुति स्कुल र जोरपाटीको सीएम पाठशालाले पाएका छन् ।

विजेता विद्यालयलाई १७ फागुनमा जेम्स ऐकेडेमीमै आयोजना गरिएको विशेष समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । प्रदेश ३ का सांसद छिरिगं दोर्जे शेर्पाले शिल्ड र प्रमाण पत्र प्रदान गरेका थिए । जेम्स एकेडेमीका संस्थापक प्रिन्सिपल भीम दर्लामी मगरको अध्यक्षतामा भएको सो समारोहमा शुभकामना मन्तव्य राख्दै सांसद शेर्पाले विजेता विद्यालयहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले भने “सरकारी विद्यालयले राम्रो शिक्षा दिन नसकेकाले निजी विद्यालयहरु राम्रो शिक्षा दिन अगाडी आएका छन् । यसलाई सरकारले उचित मुल्यांकन गर्न जरुरी छ ।”

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालले अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताले छात्रछात्राको अन्तरनिहित प्रतिभा उजागर गर्ने बताइन् । उनको कथन थियो “अहिलेको जमानामा सबै विद्यार्थी डाक्टर इन्जिनियर नै हुनपर्छ भन्ने छैन, जुन सुकै क्षेत्रमा पनि उनीहरुले प्रगति गर्न सक्छन् ।”

कार्यक्रममा शिक्षा विभागका प्रतिनिधि नारायणकाजी काशीछवाले पनि शुभकामना मन्तव्य राखेका थिए । पुरस्कार वितरणका समारोहको संचालन एकता जेम्सका एकेडेमिका एकेडेमिक डाइरेक्टर रमेश बिश्वकर्माले गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु