गणितका अब्बल हाईहाई

गणितका अब्बल हाईहाई
  • सुरज लकान्द्री

काठमाडौ– शैक्षिक विकासका लागि क्रियाशील एडी चामुण्डा ईन्स्टिचुटले १८ फागुनमा गणित प्रतियोगीतामा उच्च अंक हासिल गर्ने विद्यालय र छात्रछात्रालाई नगद पुरस्कार बितरण गर्दै सम्मान गरेको छ ।

गोकर्ण ब्याङक्वेटमा आयोजित भब्य समारोमा प्रदेश सांसद रामेश्वर फुयाँलले विजेता स्कुल र विद्यार्थीलाई नगद पुरस्कार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । गोकर्ण क्षेत्रका २ सय भन्दा बढी विद्यालय सामेल भएको कक्षा १० को गणित प्रतियोगितामा जोरपाटीको वेभ एकेडेमीले प्रथम पुरस्कार प्राप्त गरेको छ । सो विद्यालयलाई सांसद फुँयालले १५ हजार नगद र प्रमाणपत्र प्रदान गरेका छन् ।

त्यस्तै प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल जोरपाटीकै सांग्रिला एकेडेमीलाई ६ हजार नगद सहित र प्रमाणपत्र प्रदान गरिएको छ । एडी चामुण्डाले सञ्चालन गरेको गणित प्रतिस्पर्धामा जोरपाटीकै २ वटा स्कूलले तेस्रो स्थान प्राप्त गरेका छन । तेस्रो पुरस्कार प्राप्त गर्ने सांग्रिला एकेडेमी र आकाशदीप विद्यालयलाई प्रति विद्यालय २ हजार नगद सहित मेडल र प्रमाणपत्र बाट पुरस्कृत गरिएको छ ।

एडी चामुण्डाले माघ २६ मा जोरपाटीमा आयोजना गरेको गणित प्रतियोगितामा त्यस क्षेत्रका कक्षा १० का ४ हजार ६ सय छात्रछात्राले भाग लिएका थिए । उक्त प्रतियोगिताको नतिजा फागुन ९ गते प्रकाशित गरिएको थियो । गणित प्रतियोगितामा बिद्यार्थीतर्फ वेभ एकेडेमी जोरपाटीका कक्षा १० का छात्र शीतल बानियाँले प्रथम स्थान हासिल गरेका छन् । उनलाई ५ हजार नगद, शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । त्यस्तै दोस्रो स्थान हासिल गर्ने सांग्रिला एकेडेमीका आषिश उप्रेती र सेन्टनियल स्कुलका सोलु आचार्यले ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै उक्त प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने आकाशदिप स्कुलका सुरेश तामागंले २ हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन ।

पुरस्कृत स्कुल तथा विद्यार्थीलाई शुभकामला दिदै प्रदेश सभा सदस्य तथा रामेश्वर फँुयालले एडी चामुण्डाले संचालन गरेको अन्तर विद्यालय गणित प्रतियोगिताले गणित विषयको शिक्षण सिकाईमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे । उनले भने— “यस्तो प्रतियोगिताले गणित जस्तो गारो मानिएको विषयको पठनपाठनमा गुणात्मक सुधार हुन्छ । यस्तो प्रतियोगिता निरन्तर हुन आवश्यक रहेको छ ।”

एडि चामुण्डाका निर्देशक दीपक रायमाझीको सभापतित्वमा आयोजित पुरस्कार वितरण समाहरोमा गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल, हिसानका महासचिब भवानी पौडेल, प्याब्सन काठमाडौका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतले विजेता स्कूल र छात्रछात्रालाई बधाई ज्ञापन गरेका थिए ।

समाहरोमा विभिन्न विद्यालयका .छात्रछात्राले एकल तथा सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । एडी चामुण्डाले सञ्चालन गरेको अन्तर विद्यालय गणित प्रतियोगिताको यो ११ औं श्रृखला भएको आयोजक संस्थाका कोर्डिनेटर टी एन धमलाले बताए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु