ब्रज लामा ‘रेम्बोछे’ हुन भने प्रमाण पेश गर्नुपर्छ : अध्यक्ष लामा

ब्रज लामा ‘रेम्बोछे’ हुन भने प्रमाण पेश गर्नुपर्छ : अध्यक्ष लामा

बौद्ध क्षेत्र विकासका समितिको अध्यक्ष पदमा केहि साता अगाडी नियुक्त भएका चन्द्रमान लामा बौद्ध वडा नः ६ का निवासी हुन । उनले सन् १९८८ मा देशलाई प्रतिनिधित्व गरी गोल्ड मेडल समेत दिलाएका सितोरियो खेलाडी हुन । उनि हाल कराते महासंघका केन्द्रिय सल्लाहाकार सितोरियोे कराते संघका संस्थापक सदस्य पनि हुन । उनि संग बौद्ध क्षेत्रमा भईरहेका गतिविधि र भावि कार्ययोजना लगाएतका बिषयहरुमा गोकर्ण न्युजका सुरज लकान्द्रि सँग गरेकोे कुराकानीको सम्पादित अंशः

बौद्ध क्षेत्र विकास समितिले विकाशको लागि के कस्ता कार्ययोजना बनाएको छ ?

सर्वप्रथम त मलाई यस पदको लागि योग्य मानेर मलाई मनोनित गर्नहुने सबै महानुभाबहरु प्रति म धन्यवाद प्रकट गर्न चाहान्छु । एक हिसाब हेर्दा बौद्ध स्तुपा विश्व सम्पदाको सुचिमा पर्ने धार्मिक स्थल पनि भएको र पर्यटकिय हिसाबले पनि केन्द्रिय क्षेत्र रहेको नाताले यहि कुरालाई मध्यनजर गर्दे यहाँको प्रमुख समस्याको रुपमा रहेको अव्यवस्थित ढल जसले यहाँको स्थानिय देखि लिएर आउने पर्यटकहरुलाई पनि समस्या पारेको हुनाले चाहिँ मेरो प्रथम काम भनेको अव्यवस्थित ढललाई व्यवस्थित गर्ने र बिजुलीका तारहरुलाई पनि अन्डर ग्राउड गरेर व्यवस्थित गर्ने छु । अन्य कामहरुमा पनि सानो देखिने तर महत्वपुर्ण रहेका कामहरुलाई प्राथमिकता दिने छु ।

बौद्द विकास समिती र घ्याङ गुठि बिचको द्दन्दलाई कसरी लिनु हुन्छ ?

मलाई यस विषय बारे धेरै कुराहरु थाहा छैन तर बाहिरी केहि कुराहरु मात्र थाहा छ । यस विषयमा समाचारहरु पनि आइरहेको हुनाले मेरो बिचारमा चाहिँ उहाँहरुको एक आपसमा मनमुटाब भएको हो ,त्यसमा चाहिँ उहाँहरुले मनमुटाबलाई अन्त्य गरेर राम्रो काम र विकाशको लागि मिलेर अगाडी बढ्दा राम्रो होला ।

यसरी द्दन्द चर्किनु ठिक होला त ?

द्दन्द हुनु त अवश्य पनि ठिक होइन । किनभने सबै संस्थाको आफ्नै आफ्नै काम, कर्तव्य र अधिकारहरु हुन्छन । कुनै पनि संस्था राम्रो काम गर्नको स्थापित भएका हुन्छन । त्यसकारण यि दुबै संस्थाको बिषयमा चाहिँ दुबै संस्थाले आफ्नो घमण्डपनालाई अन्त्य गर्दे अगाडी बढ्दा कुनै पनि समस्या होला जस्तो लाग्दैन मलाई ।

यि दुई संस्थाबिच द्दन्द सिर्जना हुनुको कारण चाहिँ के होला ?

मेरो साधारण बुझाई अनुसार यो द्दन्द चाहिँ कार्य अधिकारलाई लिएर हो कि जस्तो लाग्छ । किनभने घ्याङ गुठिले आफ्नो कार्य परिधी क्षेत्र बढी छ भन्ने घमण्ड कारण हो र क्षेत्र विकास पनि यस्तै समस्याको कारण छ जस्तो लाग्छ मेरो बुझाइमा नत्र अरु केहि समस्या छ जस्तो लाग्दैन ।

छौने घर(बत्ति घर) को समस्यालाई कत्तिको न्यायोचित ठान्नुहुन्छ ?

अहिले छौने घर लाई तामाङ्ग कल्याण गुठिले संचालन गरेको छ । तामाङ्ग कल्याणको आयस्रोत त्यहि छौने घर नै हो र जबकि कुनै पनि गुठि व्यक्तिगत स्वार्थको लागि हुदैन । त्यसकारण मलाई यस विषयमा समस्या छ जस्तो लाग्दैन ।

‘रेम्बोछे’ विषयमा यहाँको धारण के रहेको छ ?

मेरो बुद्धिजम बारे जानकारी भए अनुसार बुद्धिजममा गुरु रेम्बोछे भनेको उता हिन्दुमा भगवान शिब भने झै बुद्धिजममा गुरु रेम्बोछेलाई लिइन्छ । मेरो जानकारी अनुसार गुरु रेम्बोछेको कुनै अवतार नै हुदैन भन्ने हुदैन भन्ने आस्था छ । उहाँलाई अमर भगवानको रुपमा पनि लिइन्छ ।

बज्र लामा “रेम्बोचे” होइनन् भन्ने विवादमा यहाँको धारण के रहेको छ ?
मेरो बुझाइमा उहाँले आफुलाई गुरु रेम्बोछेको अवतार हुँ भन्नु भएको छ तर म चाहिँ उहाँको यस कुरामा अलि विस्वसत छैन किनभने जबकि गुरु रेम्बोछेको कुनैे अवतार नै हुदैन, उहाँ अमर हुनुहुन्छ भन्ने मान्यता छ । यस विषयमा उहाँ संगै बसेर कुरा गर्दा प्रष्ट भइन्छ होला । यस विषयमा चाहिँ उहाँ आफैले पनि प्रमाण सहित स्पष्टिकरण दिनु पर्छ जस्तो लाग्छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु