सानो काम भन्दै हेयको दृष्टिले हेर्ने प्रवृती बन्द गरौं : राजन श्रेष्ठ

सानो काम भन्दै हेयको दृष्टिले हेर्ने प्रवृती बन्द गरौं : राजन श्रेष्ठ

काठमाडौं नयाँ बानेश्वरमा जन्मेका राजन श्रेष्ठले भि एस निकेतन बाट पढाई सकि सामान्य क्याफे मार्फत व्यवसाय शुरु गरेका श्रेष्ठ अहिले आर एन बि रेस्टुरेन्टुका मालिक हुन । नयाँ वानेश्वर स्थित पिपल बोट नजिकै रहेको यस रेस्टुरेन्ट विशेष गरि स्वादिलो खाना र रात्री समयमा लाईभ म्युजिकको लागी परिचित छ । संचालक श्रेष्ठ संग रेस्टुरेन्ट र व्यवसायको बारेमा गोकर्ण न्युजका सुरज लकान्द्री ले गरेको कुराकानीको सम्पादित अंशः

आर एन बि रेस्टुरेन्टको शुरुवात कसरि गर्नुभयो ?

खासमा पहिला यो ठाउँमा इन्सिच्युट र साइबर संचालन थियो । अनि पछि ई लाइबेरिको कन्सेप्टमा सानो क्याफे संचालन गरेउ त्यसपछि बिस्तारै बिस्तारै यस रेष्टुरेण्टको अवस्थासम्म आइपुगेका छौं ,यस व्यसाय सुरु गरेको करिब ७ वर्ष जस्तो भयो ।

व्यवसाय संचालनमा परिवारको समर्थन पनि होला नि ?

परिवारको सहयोग नहुने कुरै भएन । मेरो पहिलो व्यवसायको आरम्भ नै परिवारकै सहयोगबाट भएको हो ।

यस रेष्टुरेन्टको ग्राहकलाई आकर्षक बनाउने कुरा के होला ?

पहिला त ग्राहकहरु प्रति गरिने आदरपुर्ण व्यवहार नै हो । त्यसपछि यहाँ खानाका स्वादहरु हुन स्वादमा विशेष गरि चाइनिज स्वादका खानाहरु हामी वितरण गछौ । साथै रात्री जीवनलाई रमणिय बनाउन लागि लाइभ म्युजिक को व्यवस्था पनि गरेका छौ ।

विभिन्न होटेल तथा रेस्टुरेन्टमा मर्यादापालक (बाउन्सर) राख्ने गरिएको छ । तपाईंले पनि राख्नुभएको त होला नि ?

हाम्रो यहाँ बाउन्सर नै राख्नु पर्ने अवस्था चाहिँ अहिले सम्म आएको छैन । किनभने त्यस्तै समस्या आइहाल्यो भने पनि हामीले बानेश्वर क्षेत्रको प्रहरी प्रशासनको सहयोग लिन्छौ । उहाँहरुले नै समस्यालाइ नियन्त्रणमा लिएर सामाधान गरिदिनु हुने भएकोले बाउन्सर नै राख्नुपर्ने अवस्था चाहिँ छैन ।

प्रहरी प्रशासन प्रति कुनै खालको गुनासो छकी ?

प्रशासन प्रति सुरक्षाको तर्फबाट चाहि कुनै गुनासो छैन तर रात्री समय थप्ने कुरामा चाहि अलि कन्जुसाई गर्नु हुन्छ उहाँहरुले किनभने ठमेल क्षेत्रतिर २४ घण्टा रात्री समय छ तर यहाँ चाहिँ निर्धारित समय भन्दा एक दुई घण्टा बढी पनि रेस्टुरेन्ट संचालन गर्न प्रतिबन्धित छ । यस विषयमा चाहिँ प्रहरी प्रशासनले पनि हाम्रो कुरा बुझिदिए हुनेथियो जस्तो लाग्छ ।

रेस्टुरेन्टलाई लिएर भविष्यमा के सोचिराख्नु भएको छ ?

अब आउने दिनमा चाहिँ कसरी यसलाई अझ व्यवस्थित बनाउन सकिन्छ र ग्राहकलाई दिने सुविधामा अझ कसरी विस्तार गर्न सकिन्छ, त्यस्तै खानामा अन्य नयाँ स्वादहरु थप्ने लगाएतका कुराहरुको बारेमा विचारमा गरिरहेको छु ।

युवाहरुलाई व्यवसाय क्षेत्रमा आउनको लागि कस्तो सुझाब दिन चाहानु हुन्छ ?

कुनै पनि व्यवसाय क्षेत्रमा हात हाल्दा धैर्य राख्न जरुरी छ । खासगरी नेपालमा कामलाई सानो र ठुलो भन्ने सोचले गर्दा नै धेरै युवाहरु विदेशिन बाध्य पनि छन । वास्तवमा यस्ता कुराहरुलाई वास्ता नगरि आफुले गर्न लागेको काममा विश्वास र धैर्य राख्ने हो भने एक न एक दिन सफलता अवश्य प्राप्त हुन्छ । कुनै पनि कामलाई हेयको दृष्टिले हेर्न बन्द गर्नु पर्छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु