प्याब्सकद्वारा आयोजित ‘इन्टर स्कुल फुटसल टुर्नामेन्ट’ प्रतियोगिता भब्य रुपमा सम्पन्न

प्याब्सकद्वारा आयोजित ‘इन्टर स्कुल फुटसल टुर्नामेन्ट’ प्रतियोगिता भब्य रुपमा सम्पन्न

आशिष तामाङ,

काठमाडौं– निजी तथा आवासीय बिद्यालय संगठन काठमाडौ (प्याब्सक)ले फागुन १२ र १३ गते ‘इन्टर स्कुल फुटबल टुर्नामेन्ट’ भब्य रुपमा सम्पन्न भएको छ । २३ वटा टोली सहभागी रहेको फुटसल प्रतियोगितामा सगरमाथा एजुकेशनल एकेडेमी प्रथम हुदै ट्रफी, मेडल र ५००० पुरस्कार प्राप्त गरेको छ । यसैगरि उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ज्ञान प्रकाश एकेडेमीले ४००० नगद प्राप्त गर्दै मेडल ट्रफी प्राप्त गरेको छ र प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै लुम्बिनी एकेडेमीले ३००० नगद पुरस्कार हासिल गर्दै मेडल ट्रफी लगायतका पुरस्कारहरु प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगीतामा उत्कृष्ठ खेलाडीका रुपमा ज्ञान प्रकाश एकेडेमीका गोबिन्द खत्री र सबैभन्दा बढी गोल ज्ञान प्रकाश एकेडेमीका सतिश थापाले ट्रफि पाएका छन् । यसैगरी बेष्ट गोल किपर सगरमाथाका सबिन मगरले प्राप्त गरे र फेयर प्लेको ट्रफी प्राक्सिस इन्टरनेशनल एकेडेमीले प्राप्त गरेको छ । प्रतियोगिताका बेस्ट कोचको ट्रफी सगरमाथाका अजय बस्नेतले प्राप्त गरेका छन् । लक्ष्मी श्रेष्ठ र अमित श्रेष्ठले प्रतियोगितालाई अनुशाषित बनाउदै रेफ्रीको भुमीका निर्बाह गरे ।

यसैगरी पुरस्कार वितरण कार्यक्रममा प्रमुख अथितिका रुपमा रास्टृय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना रहेका थिए । प्याब्सकका अध्यक्ष बालकुमार गुरुङ र विशेष अतिथि एन प्याब्सन काठमाडौका अध्यक्ष बिष्णु पराजुलीले पुरस्कार बितरण गरेका जानकारी प्याब्सकका महासचिब गेन्द्र लामाले बताए ।

क्षमता अभिबृद्धि गर्नका लागि यस्तो कार्यक्रम आयोजना गरिएको
प्याब्सकका अध्यक्ष बालकुमार गुरुङले प्याब्सकले निरन्तर रुपमा फुटसल प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले बिद्यार्थीको शारिरिक, मानसिक, बौद्धिक लगायतका क्षमताहरु अभिबृद्धि गर्नका लागि यस्तो कार्यक्रम बिदयार्थी जीवनमा आवश्यक भएकोले बिद्यार्थीको सद्भाब, मित्रता, भाईचारा बढाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । साथै उनले बिद्यार्थीहरुको सिप क्षमता अभिबृद्धि गर्नका लागि यस्तो आयोजनाहरु गर्ने र सदैब गरिरहने प्रतिबद्धता जनाए ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु