मदन भण्डारी मेमोरियल स्कुलको १४ औं स्थापना दिवस सम्पन्न

मदन भण्डारी मेमोरियल स्कुलको १४ औं स्थापना दिवस सम्पन्न

काठमाडौं– मदन भण्डारी फाउण्डेसनद्धारा संचालित गोकर्णेश्वर नगरपालिका-८ मा रहेको मदन भण्डारी मेमोरियल स्कुलले आफ्नो १४ औं स्थापना दिवस सम्पन्न गरेको छ ।

सोही स्कुलको भवनमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राई रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राई मदन भण्डारी स्कुल व्यापारिक क्षेत्र नभई शिक्षाको क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने उद्देश्य अनुरुप अगाडी बढेको भन्दै धन्यवाद प्रकट गरे । उनले केही मानिसहरुले यस स्कुललाइ भ्रमपूर्ण र नकरात्मक प्रतिक्रिया दिदैं कम्युनिष्ट शिक्षा दिने थलो भएको भन्दै हिडेको मा आपति जनाए । उनले शिक्षालाई राम्रा र गुणस्तरिय बनाउने भन्दा पनि कसरी भ्रमको खेती गरेर खान सकिन्छ भन्ने मानीसहरुले यस्ता आधारहिन र नकरात्मक सन्देश छर्ने गरेको भन्दै त्यस्ताहरुलाई चिरेर अगाडी बढ्नु पर्ने बताए ।

सांसद राईले मदन भण्डारीले सारेको विचार र शैली नै आजको मार्गदर्शन भएको उल्लेख गर्दै अहिले देशलेले लिएको समाजवादको विचार र गती भण्डारीकै विचारधार भएको दावी गरे । बिद्यालय घोकन्ते विधा मात्र नभई जीवन जिउने कला समेत सिकाउदै विधार्थीहरुलाई अगाडी बढाउन आग्रह गरे । विधार्थीका लागी पहिलो पाठशाला आफ्नो घर र दोस्रो पाठशाला विधालय भएकोले अभिभावले बच्चा बच्चीहरुको लगाव र रुचिलाई ध्यान दिएर अगाडी बढाउनु पर्ने बताए ।

सांसद राईका अनुसार मदन भण्डारी यसै क्षेत्रबाट निर्वाचित भएको र उहाँकै नाममा स्थापित विद्यालयको बेग्लै सम्बन्ध रहेको उल्लेख गरे ।उनले मदन भण्डारी स्कुल लाई भोलीकै दिनमा यसै क्षेत्रमा विश्व विद्यालयका रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भने नेपाली विद्यार्थी विदेशीएर अलपत्र परेका छन् ,पैसा र समय दुवै वालुवामा पानी खनाएजस्तो भएको छ, नेपालमै भएका विश्व विद्यालयलाई छाडेर विदेशीने क्रमलाई रोकेर अगाडी बढ्नुपर्छ, ्नेपाली विधार्थीहरुलाई नेपालमै पढ्ने र केही गर्ने वातावरण तयार गर्नुपर्छ ।

कार्यक्रममा स्कुलका विभिन्न कक्षाका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयले स्टुडेन्ट अफ दी इएर बाट रुवीना तामाङ र वेस्ट स्टाफ अर्वाडका रुपमा सरोज खनाललाई सम्मान गरेको थियो यस्तै विद्यालयका हुने विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ठ विधार्थीहरुलाई समेत अर्वाडले सम्मान गरिएको थियो ।

मदन भण्डारी फाउन्डेसनको संस्थापक अध्यक्ष राष्ट्रपती विद्या देवी भण्डारी छन भने संरक्षकमा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु