सपना

सपना

सपना त्यो होइन जुन सुत्दा मात्र देखिन्छ।
सपना त त्यो हो जस्ले जिवनमा सुत्न दिदैन्।

असलमा,
सपनाले हरबखत हृदयको ढोका घचघचाई रहन्छ।
जिवित भएर जीवन सजाउन तम्सि रहन्छ।
भुईमा विच्छाएको राडि पाखींमा लडेको बखत होस्
वा आरामादायी रुईको मखमली गलैचामा।
नरकटले बारेको छाप्रोमा टुक्रुक्क बस्दै
गर्दा सोचेको अवस्थामा होस्,
वा ताज भवनको छेवैको कुनामा बसी सोच्दै।
सपना निरन्तर दोहोरिएर आउन छोड्दैन।
याद पुरानो हुन सक्ला तर सपना पुरानो बनेर आउदैन्।

त्येसैले म भन्छु,
सपना त्यो होइन जुन सुत्दा मात्र देखिन्छ।
सपना त्यो हो जस्ले जिवनमा सुत्न दिदैन्।

चाहे तपाई,
विचैमा सिथिल भै गर्ल्याम्म किन नढलोस्।
कुद्दा कुद्दै लक्ष्यको विन्दु नै किन नसकियोस्।
चाहे नदी दुई किनार भै अलग अलग नै किन नबसोस्।
वा एकै नदी भै मिलेर किन नबगोस् ।
सुर्यबाट छुट्टिएर पृथ्वी जस्तै
एक्लै भै परिक्रमा किन नगरोस्।
पैतलाबाट छुटेको डोब अलग भै छुटीजान्छ।
छुट्टी हाले डोबले पैतलालाई नपर्खिए पनि ।
उड्दै गर्दा चंगा र धागो साथमा निकै मायामा बाधिन्छ।
जब चुडिन्छ चंगा र धागोको मिलन होस वा नहोस्।
तर उड्ने चंगामा चुडिजीने डर हुदैन् ।
साथ दिने धागोमा चुडिएर साथ गुमाउने त्रास हुदैन्
नियतीले प्रलय ल्याउला भोली तर
एक भै उडी रमाउन छोड्दैनन्।

त्येसैले म भन्छु,
सपना त्यो होइन जुन सुत्दा मात्र देखिन्छ।
सपना त्यो हो जस्ले जिवनमा सुत्न दिदैन्।

छाड्दैन सपनाले,
घामलाई पृथ्वीले घुम्न नछाडे जस्तै,
हावालाई बादलले पछ्याउन नछाडे जस्तै,
सागरलाई असरल पानीले भरिन नछाडे जस्तै,
फूलहरुलाई भमरोले चुम्न नछाडे जस्तै,
रुखलाई पातहरुले ढाक्न नछाडे जस्तै,

अह छाड्दैन् ,
खहरेले बगर बिर्से पनी ,बगर खहरेलाई पर्खि बस्छ।
झरनाले हिउदमा खोच बिर्से पनि,खोचले झरनालाई कुरी बस्छ।
बस्छ यसरी नै निरन्तर कुर्दै सपना,
छाड्दैन सपनाले पछ्याउन् ।

त्येसैले म भन्छु,
सपना त्यो होइन जुन सुत्दा मात्र देखिन्छ।
सपना त्यो हो जस्ले जिवनमा सुत्न दिदैन्।

जब,
सपना बेच्नेहरुले ठाउँ ठाउँमा बेच्न राख्छन्।
बेच्नेहरु सगं सपना किन्न हुदैन् ।
सपना किने पनि मनमा सजाउन हुदैन् ।
सजाय मात्रै त ठिकै हुने थियो ।
मनमा सजाएर जिवन बर्बाद पार्न हुदैन् ।
यसरी अजिव आशामा बस्छ सपना
तब अनेकौ रुमलिएको कथाहरु घुमिआउछ।
उस्तै रुमलाउन खोज्दै थोरै माया लगाए जस्तै गर्छ।
सोध्दै नसोधी बस्छ बरफ झै जमेर हृदयमा।
यस्तै कुराको प्रभावले होला ।
मैले पनि सपना त धेरै सजाय
तर ति सबै निर्जिब भैदिए ।
जब यसमा कसैले प्राण भरिदेलान।
अनि सजिब भै हिडडुल गर्लान ।
जब सजिब हुनेछ ।
आफै जिउनुको विकल्प रोज्लान् ।
अभावमा अतृप्त भोक तृप्त गर्न बाटो खोज्लान्।

भन्लान,
जिवनमा स्वार्थ भन्दा ठुलो पाप केही हुदैन्।
निस्वार्थ रहे भोको पेटमा पनि पाप लुक्दैन ।
अनेकौ अप्ठेरा कान्लां जिवनमा उक्लिन छोड्दैनन्।
जिवनको घोडे यात्रामा
समयले चाबुक मारि रहन्छ हरबखत।
बढि रहन्छ तेज घोडा शिखर नछोइ रोकिदैन

त्येसैले म भन्छु,
सपना त्यो होइन जुन सुत्दा मात्र देखिन्छ।
सपना त्यो हो जस्ले जिवनमा सुत्न दिदैन्।

– प्रदिप थिङ तामाङ, पोर्चुगल

वडा समाचारहरु

सम्बन्धित समाचारहरु