दलितको मुक्ति धार्मिक मान्यताको पतनबिना कसरी समाधान होला र?

दलितको  मुक्ति धार्मिक मान्यताको पतनबिना कसरी समाधान होला र?

दलित साहित्यमा सुन्दरताको पक्ष दलित अस्मिताको खोज र स्थापनाको सन्दर्भ हो, सामाजिक खोज र स्थापनाको सन्दर्भ हो। सामाजिक,राजनितिक,अर्थिक,सांस्कृतिक,उत्पीडन,असमानता,अन्याय र अत्याचारबाट मुक्तिको सन्दर्भ हो। त्यसैले सुन्दरताको अर्थ दलित मुक्तिको प्रश्नमा उनिहरूको सामाजिक मूल्य,नैतिकता,सामाजिक सम्मान मात्र होइन, अर्थिक समानता, समान अवसर र राजनितिक निकास पनि हो। समाजमा सम्मानित जीवन प्राप्त गर्न दलितहरूको आर्थिक समानता र न्याय प्राप्त गर्नैपर्छ। त्यसैले यो भैतिक मूल्यसँग पनि जोडिएको छ र उनिहरू राजनितिक व्यवस्थाको निति निर्माणको तहसम्म उठ्नैपर्छ।

दलितहरूका समस्या समाधान जातियरूपमा मात्रै खोजेर हुदैन्,वर्गियरूपमा खोज्नैपर्छ। दलितहरूका लागि वर्गिय विचार भनेको माक्र्सवादी विचार हो। दलितमाथि उत्पीडन लाद्ने काम सामन्ती राज्यसत्ताबाट सुरू भएर पुँजिवादी व्यवस्थासम्म पनि यथावत् जारि छ। तसर्थ राजनितिकरूपमा साम्यवादी राज्यव्यवस्थाबाट मात्रै दलितका समस्या हल हुन सक्छन। तर हामीकहाँ केही दलित सँस्थाहरू सामन्ती मूल्य, पुँजिवादी चरित्र, साम्राज्यवादी परिपाटी र चेतना, धार्मिक रूढिवाद र अन्धविश्वासका साथै वर्गिय उत्पीडनलाइ पनि मान्दै र स्विकार्दै दलित मुक्तिको कुरा गर्छन। यो त एउटा दलित मुक्ति नाममा भ्रम पार्ने काम मात्रै हो। एकातिर शोषण, वर्गभेद, जातपात, धर्म, असमानतालाई स्वीकार गर्ने र अर्कातिर दलित मुक्तिको कुरा पनि गर्ने, यो बेठिक तरिका हो। यो दलित मुक्ति अन्दोलनकै नाममा त्यसैको विरूदृ उभिनु हो। यो ढोङूग र पाखण्ड सिवाय केहि होइन। इतिहासले देखाइसकेको छ, सामन्तहरू सधैभरि दास बनाइराख्न र तिनै दासका पसिना शोषण गरेर अफु विलासी जिवन बाँच्छन। उनिहरूले दलितका समस्या कसरि सम्बोधन गर्न सक्छन। पुँजिपतिहरू सधै विभेद, उच निच, शोषण र असमानता कायम राखेर सीमित व्यक्तिहरूका लागि सबै कुरा नियन्त्रण गर्न चाहन्छन। त्यस्तो नियन्त्रणबाट दलितहरूमाथि जारि शोषण अन्त्य हुन्छ ? त्यस्तै, धार्मिक रूढिवादकै कारण जन्मेका जातपात,छुत अछुत, उच निचको भावना धार्मिक मान्यताको पतनबिना कसरी सामधान होला?

त्यस्तै वर्गिय समाजमा दुइ वर्ग भन्नु माथिल्लो र तल्लो वर्ग हो। शोषण र शोषण वर्ग हो। उत्पीडक र उत्पीडित वर्ग हो। श्रम नगरि लुटेर खाने मालिक र श्रम गरेर पनि खान नपाउने मजदुर वर्ग हो। यी सबै वर्गको विभाजनमा दलितहरू सधै दोर्सो वर्गमा पर्छन। यस्तो वर्गिय समस्या समाधान नभइ दलित मुक्ति सम्भब छैन। त्यसैले दलित मुक्तिको प्रश्न जोडिएको छ। यो मुक्तिको प्रश्न धर्मको अध्यात्मिक मान्यतासित होइन, भैतिकवादि मान्यतासँग गाँसिएको छ। धर्म रहेसम्म दलितहरू रहिरहन्छ। किनभने धर्मले दलित इतर वर्गको मात्रै पक्षपोषण गर्दै अएको छ।

लेखक – सुरज लकान्द्री

वडा समाचारहरु

सम्बन्धित समाचारहरु