सामागाँउबाट मनास्लु हिमाललाई नियाल्दा (फोटोमा)

सामागाँउबाट मनास्लु हिमाललाई नियाल्दा (फोटोमा)

काठमाडौं  – गोरखा जिल्लामा अवस्थित रहेको मनास्लु हिमालको मनमोहक दृश्य देखेर जो कोही लठ्ठ हुने गर्दछन् । ८ हजार १ सय ५६ मिटरको उचाई रहेको मनास्लु हिमालको अवलोकन गर्न आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दिनानु दिन बढ्दो क्रममा छ । प्रकृतिले हराभरा भएको मनास्लु हिमालले पर्यटकहरुको मनलाई हर्षित बनाउछ् । यात्राकै क्रममा यस क्षेत्रमा विभिन्न चराचुरुङ्गी साथै पाटे बाघ,कालो भालु समेत देख्न सकिन्छ । गोरखा आरुघाटबाट सुरुहुने पद यात्रा करिब १५ /१६ दिन पछि मनाङको धारापानी(वेशी सहर) गएर यात्रा टुङगीन्छ । यस क्षेत्रमा बौद्धधर्मालम्बीहरुको बसोबास रहेको छ । उनिहरुको मुख्य पेशाका रुपमा होटल व्यवसायका साथै खेतिपाति समेत अगाल्ने गरेको पाईन्छ । यस क्षेत्रमा मुख्य गरी फापर र आलु बढि उत्पादन हुने गर्दछ ।पुस ,माघ ,फागुन महिनाभर निरन्तर हिमपात भईराखेको दृश्य देख्दा स्वर्गमै पुगेको आभास गर्छन पर्यटकहरु । बाह्रै महिना मनास्लुलाई हिउँले छपक्कै ढाकेको देख्न सकिन्छ ।

फोटो –  मिलन राई

वडा समाचारहरु

सम्बन्धित समाचारहरु