टोकियोमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

टोकियोमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

आशिष तामाङ,
टोकियो जापानमा २८५५ औँ (फाग ल्हो सुगुर वर्ष) सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

नेपाल तामाङ समाज जापान केन्द्रिय समितीको आयोजना टोकियोको मेगूरो हलमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ संघीय सचिवालय विदेश विभाग प्रमुख टासी लामाले सरकारको बिभेदकारी रणनितीका कारण ल्होछार पर्वलाई पर्वको रुपमा नभई आन्दोलनको रुपमा मनाउनु पर्ने बाध्यता भएको बताएका छन् ।उनले राज्यको हरेक अंगमा आदिवासी जनजातिको सहभागिता र सहकार्य नभए सरकारको विकासको नारा असफल हुने जिकिर गरे ।


त्यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूले ल्होसार लगाएत आदिवासी समुदायको मौलिक पर्वको जगेर्ना र संरक्षण गर्न आवश्यक रहेको बताउदै एक भएर आवाज वुलन्द गर्ने समय भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए आईसीसी सदस्य ओम गुरुङ्,समाजका सल्लाहकार हवलचन्द्र लामा,तमु धि जापानकी अध्यक्ष अनिता गुरुङ्,थकाली सेवा समितिका अध्यक्ष बुद्दी गौचन,संघीय नेपाली समाज जापानका अध्यक्ष पेंबा शेर्पा,नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली,कानागवा नेपाली कम्यूनिटीका अध्यक्ष हरि सापकोटा,धादिङ समाज जापानका अध्यक्ष कृष्ण खनाल,नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगर , कान्तो क्षेत्रका अध्यक्ष रीत राना मगर लगाएतको उपस्थित रहेको थियो ।

सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्रास्ट्रिय स्तरमा ख्याति प्राप्त गायक रोज मोक्तानले मेगूरो हल तताएका थिए भने स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहेको थियो ।

नेपाल तामाङ समाज जापान केन्द्रिय समितीका अध्यक्ष कुमार मोक्तानको सभापतित्व र महासचिव हिमाल वाईबाले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।


‘सोनाम ल्होछारको प्रर्वद्धन हाम्रो साँस्कृतिक सरोकार,ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक अधिकार’ भन्ने मुल नाराको साथ कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै क्युवु क्षेत्रीय समितीको आयोजनामा आउदो फेब्रुअरी १९ तारिख मङ्गलवार फूकोओकामा ल्होछार बिशेष कार्यक्रम हुने जनाइएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु