पद्मई गच्छल छोइलिङ स्कुलको ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

पद्मई गच्छल छोइलिङ स्कुलको ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं  – पद्मई गच्छल छोइलिङ स्कुलले ल्होछार सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

कागेश्वरी मनोेहरा नगरपालिका- १ स्थित रहेको पद्मई गच्छल छोइलिङ स्कुलले ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । सोही स्कुलका प्राधानध्यापक खेम्पो कर्कोण लामा रेम्बोछेको सभाध्यक्षमा भएको कार्यक्रममा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई प्रमुख अतिथिका रुपमा रहेका थिए भने विशेष अतिथिहरुमा प्रदेश सभा सदस्य रामेश्वर फुयाँल,खेन्छेन पेमा शेर्व रेम्बोछे , खेन्छेन नाम्डुल छिरिङ रेम्बोछे र लोपेन गुर्मे लामा रेम्बोछे रहेका थिए । अतिथिहरुमा प्रस्तावित नेकपा काठमाडौं जिल्ला अध्यक्ष रामशरण ढुङ्गाना,कागेश्वरी मनोहरा नगरपालिका वडा १ का वडा अध्यक्ष मुकुन्द गजुरेल,राष्ट्रिय खेलकुद परिषदकी प्रशासकिय अधिकृत ज्योती राई लगाएतका अतिथिहरु तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका सांसद कृष्ण राईले नेपालको चिनारी एव्म धननै सांस्कृतिक संम्पदाहरु भएकोले यिनिहरुलाई जोगाईराख्नु पर्ने बताए । उनले विश्वका मानिसहरु नेपालको धार्मीक सांस्कृतिक सम्पदाहरुको अध्ययन अनुसन्धानको लागी नेपाल आईराखेको भन्दै भोलीका दिनमा हाम्रा संस्कार सम्पदाले नै विश्व चिनाउन सक्ने दावी गरे ।

सांसद राईले यस स्कुल सम्म आईपुग्ने बाटोमा समस्या रहेकोले यसलाई सुधार गर्न आफ्नो तर्फबाट पहल थाल्ने समेत प्रतिवद्धता व्यक्त गरे । उनले शिक्षा प्रणालीमा सुधार गर्दै अगाडी बढ्दै गए शिक्षाको गतिले देशलाई नयाँ उचाईमा पु¥याउन सक्ने विश्वास व्यक्त गरे ।
उक्त सांस्कृतिक कार्यक्रममा सोही विधालयका विधार्थीहरुले समेत विभिन्न किसिमका नृत्यहरु प्रस्तुत गरेका थिए ।

धर्मगुरुहरु (रेम्बोछे) को आर्थिक सहयोगमा पद्मई गच्छल छोइलिङ स्कुलले देशका विकट क्षेत्र तथा गरिब विपन्न परिवारका बालबच्चाहरुलाई निशुल्क पठनपाठन गराउदै आएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु