नेपाल बुद्धिष्ट तामाङ्ग सुधार समितीद्वारा ल्होसार कार्यक्रम भब्यताका साथ सम्पन्न (फोटोफिचर)

नेपाल बुद्धिष्ट तामाङ्ग सुधार समितीद्वारा ल्होसार कार्यक्रम भब्यताका साथ सम्पन्न (फोटोफिचर)
  • आशिष तामाङ

काठमाडौं– २८५५ औ फा ल्हो (बदेंल बर्ग)को सोनाम ल्होसारको अवसरमा नेपाल बुद्धिष्ट तामाङ्ग सुधार समितीले  आज गोनपा–४ स्थित माकलबारीको बस पार्कमा साँस्कृतिक कार्यक्रम भब्यताका साथ मनाएको छ ।

कार्यक्रममा सभापतिका रुपमा अध्यक्ष कमान सिहँ तामाङ, प्रमुख अथिती गोकर्णेश्वर नगरपालिकाका मेयर शन्तोष चालिसे, बिशेष अथितीहरुमा पुर्व उपसभापति महेन्द्र थिङ तामाङ, नुवाकोट दुप्चेश्वर गाँउपालिका प्रमुख योबिन्द्र सिं तामाङ, गोकर्णेश्वर महानगरपालिकाकी उपमेयर शान्ति नेपाल, शिवपुरी गाँ पा उपप्रमुख मञ्जु के.सी, महानगर प्रहरी बृत बौद्धका डिएसपी नरेन्द्र चन्द, सल्लाहकार  दिपक रिसाल रहेका थिए । कार्यकमका प्रमुख अथिती शन्तोष चालिसेले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको शुरुआत गरेका थिए ।  संस्थाका उपाध्यक्ष रुप तामाङले कार्यकममा स्वागत मन्तब्य राखेका थिए ।

यसैगरी अतिथीमा संरक्षक सुनबहादुर तामाङ, गोनपा ४ का वडाअध्यक्ष श्रीकुमार श्रेष्ठ, गोनपा ५ का वडाअध्यक्ष नारायण बहादुर सुबेदी, गोनपा ६ का वडासदस्य नवराज लामा, संस्थापक एबं बरिष्ठ सल्लाहकार मुइजित ब्लोन तामाङ्ग, बरिष्ठ उपाध्यक्ष रुप तामाङ, पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार राजेन्द्र तामाङ, पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार नरेश तामाङ, पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार पुर्णबहादुर तामाङ, सल्लाहकार प्रेम बहादुर तामाङ, अधिबक्ता एवं कानुनी सल्लाहकार नरहरी आचार्य, अन्तरराष्ट्रिय तामाङ परिषदका सचिब रविन तामाङ,  माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पा, बागमति सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी लगायतको बाक्लो उपस्थीती रहेको थियो ।

कार्यक्रमका सभापति कामन सिं तामाङले कार्यक्रममा उपस्थीत हुने रआर्थिक,भौतिक र नैतिक समर्थन गर्दै  स्वदेश तथा बिदेश नेपालीबासीहरुलाई धन्यावाद प्रकट गरेका थिए ।ल्होसर मनाउने सबैले तामाङ समुदाय सबैले मिलेर ल्होसार मनाउनुपर्ने बताए । सबैले ल्होसार पर्व एकैपटक मनाउन समुदायहरुमा एकता नहुने समस्या रहेको बताए । नेपालमा रहेको ७७ वटै जिल्लामा रहेका ल्होसार प्रेमी दाजुभाईहरुले एउटै ल्होसार बनाएर एकमुष्ट रुपमा मनाउनुपर्ने र यसको लागि नेपाल तामाङ घेदुङले सहयोग गर्नुपर्नेमा जोड दिए । ग्याल्बो र सोनाम ल्होसार मिलेमा यस पर्वको अवसरमा बिदा लिन सजिलो हुने उनको भनाई थियो । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिदै जाने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष तामाङले कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरुलाई समेत धन्यावाद प्रकट गर्र्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा समितीले राखेको बताए । तामाङ समुदायको संस्कार संस्कृतीलाई जिवन्त राख्न समिती लागिपरेको समेत अध्यक्ष तामाङको भनाई थियो ।

 

गोकर्णेश्वर नगरपालिकाका मेयर शन्तोष चालिसेले ल्होसार पर्वको शुभकामना प्रकट गर्दै धर्म संस्कृतीको हिसाबले नेपाल संसारकै धनी भएकाले बिभिन्न पर्वको संरक्षण गर्नु गोनपाको कर्तब्य भएको बताए । चालिसेले ल्होसार पर्व गोकर्णेश्वर नगरपालिकाको शान बनाउनुपर्ने बताए । उनले कार्यक्रममा थप्दै ल्होसार पर्वको जगेर्ना सबैले गर्नुपर्ने भएकोले आफुले यसका लागि सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रमका बिशेष अथिती शान्ति नेपालले सोनाम ल्होसारले धर्म, संस्कृति र पर्यटनलाई टेवा पुर्याईरहेको बताईन् । आफ्नो धर्म संस्कृति नबिर्सी परम्परागत ढङ्गले अगाडि बढ्नको लागि पनि उपमेयर नेपालले आग्रह गरिन् । तामाङ भाषा र ल्होसारको बारेमा सबैलाई जानकारी गराउन स्थानिय पाठ्यक्रममा पनि ल्होसारबारे जानकारीमूलक शिक्षा राखिने जानकारी गराईन् ।

गोनपा वडा नं ४ का अध्यक्ष श्रीकुमार तामाङले नेपाल बिविधताले भरिएको देशमा जाती संस्कृती मौलिकतालाई संरक्षण गर्न जोड दिनुपर्ने बताए । नेपालको धन भनेकै संस्कृति भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट यसको जगेर्ना गर्नुपर्ने बताए ।

सल्लाहकार दिपक रिसालले कार्यक्रममा उपस्थीत हुने सबैलाई धन्यबाद ज्ञापन गर्दै ल्होसार तामाङको मात्रै नभएर गोकर्णेश्वर नगरपालिकाका लगायत सबै नेपालीको महान चाड भएको बताए । गोकर्णेश्वर नगरपालिका अहिले बिभिन्न जातजाती धर्म संस्कृतीको संगम स्थल भएकाले गोनपामा सबैले सम्बृद्धिको परिकल्पना गरिसकेको बताए ।

अन्तरराष्ट्रिय तामाङ परिषद्का सचिब रबिन तामाङले अन्तरराष्ट्रिय तामाङ परिषद र आफ्नो ब्यक्तिगत तर्फबाट ल्होसारको शुभकामना प्रकट गरेका छन् । उनले विगतका कुरा कोट्याउदै पहिले धेरै दमन शोषण हुने भएपनि अहिलेको समय धेरै परिवर्तन महशुस भएको बताउदै उनले तामाङहरुको महान पर्व ल्होछारलाई सबैले आफ्नो तर्फबाट बिभिन्न कार्यक्रमहरु गर्दै मनाउनुपर्नेमा जोड दिए ।

नवराज लामाले सोनाम ल्होसारको महत्व बताउदै तामाङ समुदायका नेपालीहरु बिश्वको जुनसुकै कुनामा भएपनि आफ्नो संस्कृती बिर्सन नहुने बताएका छन् ।

नेपाल बुद्धिष्ट तामाङ्ग सुधार समितीका महासचिव गिरी बहादुर तामाङले कार्यक्रम संचालन गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु