साहजहान र सेन्ट भ्यालेनटाइन

साहजहान र सेन्ट भ्यालेनटाइन

अधिकाशं युवा युवतीहरु साहजहान र मुम्ताज जस्तै आफुलाई चित्रित गर्न रुचाउछन। कति युवतीहरुले त मनोकामना पनि गरेका हुन्छन। इच्छ्या राखेको हुन्छन। उनिहरुको प्रेमी पनि साहजहान जस्तै , आफ्नो श्रीमती मुम्ताजलाई धेरै माया गर्ने प्रेमी मिलोस र पाइयोस भविस्यमा। वा भनौं आफ्नो प्रेमी पनि साहजहान जस्तै होस हुवहु। धेरैले साहजहानले मुम्ताजको सम्झनामा बनाएको ताज महललाई प्रेमको प्रतिक मान्ने गर्छन्।
मलाई लाग्दैन कि साहजहानलाई असल प्रेमी वा श्रीमान् मा राख्नु पर्छ।

म साहजहानलाई उनि निकै असल प्रेमी मान्थे। सोच्थे उनि आफ्नो प्रेमिकारश्रीमतिको वियोगमा श्रीमतीको यादहरुलाई भुल्न नसकी ताज महल निर्माण गरेका होलान्। तर अह त्येस्तो हुदै हैन रहेछ। जब साहजाहानलाई बुझे म अचम्मित भए।
भएको थिए एकै छिन अबुझ। भएको झै लागेको थियो होस विहिन। एक हुल विरोधी हावाले यो हृदय क्षेतविक्षेत गरेर औडाह पारेको थियो।
वरपर हेरे १ नजिकैको डस्टविनमा पिच्च लाजको थुक फाले। लाग्दैथियो मेरो थुकले साहजहानको मुखौटामा वर्षिए झै। आनन्दको शितल वतास आथ्यो क्यारे एक झमटको।

साहजाहान एक मुगल राजा थिए । उनको राज्यलाई मुगल राज्य भनिन्थ्यो। जुन अहिले भारतको उत्तर प्रदेशको आग्रा शहरमा पर्दछ। करिब १६३४ देखी १६५२ को बिच समयमा मुम्ताजको सम्झनामा ताज महल बनाइएको भनिएको छ।

साहाजाहान मुस्लिम राजा थियो। मुगल राज्यको राजकाज उसैले सम्हाल्दै आएको थियो। उनको १३ वटी श्रीमती थिए। कान्छी श्रीमती मुम्ताज महल थियो।
मुम्ताज निकै शुन्दरी र उमेर पनि साहजाहान भन्दा निकै कम उमेरकी थिए। कम उमेर अनि उस्तै जुन झै बलेकी मुहारको जादुमा मोहनी लिप्त थिए साहजाहान।
जब १४औं पटकको प्रशुती प्रशवको पिडा सहन नसकि मुम्ताजले प्राण त्यागे उन्ले आफ्नो सबै भन्दा शुन्दरी श्रीमतीको यादमा ताजमहल बनाएको कथन सुन्न र पढ्न पाइन्छ।

तर म विपरित रहे साहजाहान सगं । मेरो लागी उ असल प्रेमी पक्कै हैन। यदि उस्ले मुम्ताजलाई निकै माया गर्थे भने । मुम्ताजको यादले निकै सताएको भए उनले १४औं पत्नीको रुपमा मुम्ताज महलको बैनी सगं निगाह गरि विवाह गर्ने थिएन।

यदि उनलाई मुम्ताजको माया र यादले निकै छटपट हुन्थ्यो भने उनले मुम्ताजकै यादमा बाकि जिवन बाच्न पर्थ्यो। मुम्ताजकै निमित्त पुरा जिवन विताउन पर्थ्यो। उनि त मुम्ताजको शारिरिक अंग संग मात्र माया गर्थे।
मुम्ताजको उज्यालों मुहार संग माया गर्थे। जति कामबासना चड्थ्यो उति धेरै माया गर्थे। त्यो संम्भोग संग माया गर्थे जति बेला उ चाहान्थे। त्यो रात सगं माया गर्थे जति बेला उ चाहान्थे।

जबजब यि कुराहरुले प्रश्न थुपारिदिन्छ। म एक छिन चुपचापले टोलाउछु। र सोच्छु मान्छेले गलत किन सुनाए। सहि कुराहरु भनेको भए के हानी हुने थियो र ?
फेरी अर्को कुरा उफ्रिन्थ्यो ।
यि सबै इतिहासहरु ठुला बडाले नै आफुअनुकुल बनाएको हुन्छन्। जो शक्तिवान छ उनैको महान्ताको इतिहास लेखिन्छ चाहे गलत नै किन नहोस्।
एक छिन हो झै लाग्छ ।
हुन पनि हो यदि रामायाणमा राम हारेको भए रावणकै कथन लेखिन्थ्यो। यदि माहाभारतमा पांडव हारेको भए कौंरवको कथन लेखिने थियो। पृथ्वि नारायण शाह हारेको भए नुवाकोटको राजा रिन्जिन दोर्जेको कथन लेखिने थियो।
म यही सोच्छु अनि ति सवाल जवाफबाट
बाहिर निस्कन्छु। अनि ढुक्क हुन्छु।
चर्चको पास्चर सेन्ट भालेन्टाइन् नै सहि थिए । एक लामो साँस तान्छु। छाती चौडा पर्छ। केही बेर साँस रोकेरै राख्छु । एकै छिन भएपनी सेन्ट भ्यालेनटाइनलाई आफै भित्र कैद गरेर राख्ने प्रयास गर्छु। ताकि मेरो शरिरमा सेन्ट भ्यालेन्टाइनकै झै दुनिया बदल्न सक्ने शक्ति जम्मा भै रहोस। यो शरिरै भरी सेन्ट भ्यालेनटाइनकै गुणहरुको भरपुर विजहरु छरियोस्।
एक छिनमा फेरी साँस रोकेला झै हुन्छ। अनि मर्छुकी झै लाग्छ । पुन अर्को एक झोक साँस लिएर अघिल्लो सेन्ट भ्यालेनटाइनलाई बाहिर हुत्याइदिन्छु। बेजोडले नियाल्छु हुत्याइदिएको साँस। अटल साहस गरेर हेर्छु उडि रहेको साँसमा। एक चित्त भै । एकतमासले हेर्छु। कतै देखिन्छ कि सेन्ट भ्यालेनटाइनको मुहार।
मेरो अजगंको दुससाहस सोच्छु। एक पटक छड्के सलामी दिन्छु आफै अनि आफै गल्ललल।।। राडाँको छाडेर हाँसो फुस्काउछु।
हुन पनि मेरो दुससाहस त्येसै उठेका भने हैन्।

करिब १४औं शताव्दि तिर रोम साम्राज्य तिब्र गतिमा विस्तार हुदै थियो। रोमन सासक ले आफ्नो राज्य निकै ठुलो परिकल्पना गरेको थियो। जसमा धेरै सैनिकको आवस्यकता पर्थ्यो। उनि निकै चिन्तित थिए।
सबै मन्त्रीलाई वैठकम बोलाएर सबै सगं सल्लाह लिए।
सबै भन्दा फरक विचार एक वृद्ध मन्त्रीले सुनाए । जुन विचार देशभरी लागु गराउन रोमान सम्राट राजी भए।

मन्त्री : हजुर हामीलाई तपाईको विशाल राज्य विस्तारको परिकल्पना पुरा गर्न धेरै सैनिक आवस्यक पर्दछ। तर सैनिक जम्मा गर्न । सैनिक कौसल सिकाउन धेरै मुस्किल पर्छ।

रोमन सम्राट : म सैनिक कै विषयमा गम्भिर छु । यस्को उपाए त होलानी मन्त्री?

मन्त्री : यदि हामीले यो देश विशाल नभए सम्म युवायुवतीमा हुने प्रेम र प्रेमबाट सृजना हुने संभोगलाई रोक लगाउन सक्यौ भने सैनिकहरु सैन्य क्षेत्रमा रहेर देशको सिमा फैलाउन विरोधी सगं लडि रहन सक्छ।हामीले रोक लगाउन नसके युवतिको प्रेम र संभोगको चाहानाले सैनिकहरु लडाइमा सहभागिता हुन खोज्दैन्। लडाईमा भए पनि लडाइ छाडेर युवति सगं घर बसाउन फर्किन सक्छ।

सम्राट : उसो भए आजकै मितीबाट रोमान सम्राज्य भरी अब उप्रान्त युवायुवती बिच मिलन हुने र प्रेम गर्न नपाइने नियम लागु गर। जो कोही प्रेम गरेको पाइएमा उनिहरुलाई मृत्यु दण्ड दिइने छ। र प्रत्येक घरबाट एकरएक युवा सैनिकमा अनिवार्य भर्ना हुनु पर्ने आदेश दिए रोमान सम्राटले।

जब यस्तो आदेश देश भरी फैलियो। रोमका धेरै युवायुवतीहरु लुकि छिपी आपसमा भेटेर प्रेमको भावना साटासाट गर्न थाले।
विस्तारै विरोधको भेला गरिन थाल्यो। प्राय जसो विरोधका सभाहरु चर्च भित्र गरिन्थ्यो। भेलाको अगुवाई सेन्ट भ्यालेनटाइनले गर्ने गर्थे। र प्रेम प्रेमीका हरु चर्च भित्रै भेट्ने गर्थे।
जब जब रोमान सम्राटको अत्यचार बढ्दै गयो। भित्र भित्रै युवायुवतीको विद्रोह पनि बढ्दै गएको थियो।सेन्ट भ्यालेनटाईन पनि निकै फुर्तीले युवायुवतीको मिलन गराउन चर्चमा भेला गर्थे।
रोमन सम्राटले थाहा पाएका थिए। कसैले उस्को विरुद्धमा काम गरि रहेका छन्। सम्राटले विद्रोहीलाई पक्राउ आदेश सहित मृत्यु दण्ड घोषणा गरेका थिए।
सेन्ट भ्यालेनटाइन आफु सम्राट सगं भेट्न जान नसक्ने भए पछि आफ्नो अन्धो छोरीलाई सम्राटको महलमा पठाएर समाचार पुर्याउन लगाए।
भने – तमाम निर्दोष युवायुवतीहरुको प्रेममा बाधा नबनिदिन । उनिहरुको खुशीमा आफ्नो देश ठुलो पार्ने लोभ नथुपारी दिन आग्रहरु। समचारमा पठाए छोरीलाई।

  जति पत्थर नै किन नबनाउ मन तर अह आखाँबाट बगिजान्छ खुशीको असरल भेलहरु।
पोखिन्छ मोतिका यि दाना सेन्ट भ्यालेनटाइनकै सम्झनमा।

गज्जबको कुरा त यो भयो कि देशमा प्रेममा रोक लगाउने सम्राट स्वयम सेन्ट भ्यालेनटाइन कै छोरी सगं एकोहोरो प्रेममा परे।
कसरी हुन्छ आफ्नो रानी बनाउन ति स्रीको हात माग्न उसको घरमै पुगे। र राजकिय सम्मानक साथ विवाह प्रस्ताव बाबु सेन्ट भ्यालेनटाइन समक्ष राखे।
भ्यालेनटाइन पनि खुशी भए । र छोरीको विहे मिती तोके।
पछि एक दिन रोमान शैनिकले चाल पाए । उनिहरुको विरोधमा सेन्ट भ्यालेनटाइनले मोर्चा सम्हालेका छन्। तब उस्लाई समातेर रोमन सम्राटको दरबारमा लगियो। भ्यालेनटाईन आफ्नै प्रेमिकाको पिता भए पनि सम्राटले आफुले आदेश दिइसकेकोले आदेशबाट पछि हटेनन् । बरु सेन्ट भ्यालेनटाइनले भने वमोजिम उस्ले राज्यका युवायुवतीले प्रेम गर्न रोक फुकुवा गरे ।अन्तत रोमान सम्राटले सेन्ट भ्यालेनटाइनलाई फेब्रुअरी १४ तारिकको दिन फासी दिइ मृत्यु दण्ड दिएर आफ्नो आदेश पुरा गराए।

यि सेन्ट भ्यालेनटाइन आफ्नो लागी नभै युवायुवतीहरुको प्रेमको लागी आफ्नो देशको आदेश विरुद्ध उभिएर अन्तमा ज्यान दिदै प्रेमकै जित दिलाएकै भएर होला। सेन्ट भ्यालेनटाइनको जिवन पढ्दा आखाँको दुई डिल भरी खुशीको आशुँ टिलपिल गरिहाल्छ।
जति पत्थर नै किन नबनाउ मन तर अह आखाँबाट बगिजान्छ खुशीको असरल भेलहरु।
पोखिन्छ मोतिका यि दाना सेन्ट भ्यालेनटाइनकै सम्झनमा।
सबैको मुहारले खुशीहुदै सेन्ट भ्यालेनटाइनलाई सम्झिएको देख्दा। म भने सामाजिक नियमको पिजंडा भित्र थुनिएर रहेको कयौं प्रेमिल युवायुवतीहरु पिजंडा फोडेर बाहिर निस्केको देख्छु।
र भन्छु
Happy Valentine’s Day Everyone❤️😍

-प्रदिप थिङ तामाङ
पोर्चुगल

वडा समाचारहरु

सम्बन्धित समाचारहरु