तामाङ सोसाइटी अफ लसएन्जल्सको आयोजनामा २८५५ औं सोनाम ल्होछार भब्य रुपमा सम्पन्न

तामाङ सोसाइटी अफ लसएन्जल्सको आयोजनामा २८५५ औं सोनाम ल्होछार भब्य रुपमा सम्पन्न

आशिष तामाङ,
लसएन्जल्स –  तामाङ सोसाइटी अफ लसएन्जल्सको आयोजनामा २८५५ औं सोनाम ल्होछार भब्य रुपमा सम्पन्न भएको छ। नेपाल सरकारका प्रतिनिधि महावाणिज्यदुत ऋषि ढकालको प्रमुख आतिथ्यता,तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको केन्द्रिय अध्यक्ष लक्याङ लामाको र अन्तराष्ट्रीय तामाङ परिषदका क्षेत्रीय उपाध्यक्ष कुमार दोङको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता सोसाइटीका अध्यक्ष टेक वाईबा लामाले गरेका थिए भने शुभकामना मन्तव्य गुरुङ सोसाईटी अफ लसएन्जल्सका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, एनआरएनए एन सि सि अमेरिकाका उपाध्यक्ष उमा कार्की थापा, तामाङ कोओप्रेशन सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष प्रेम तामाङ, तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका सल्लाहकार विध्यासागर योन्जन,तामाङ समाज उत्तर अमेरिका,केन्द्रीय सल्लाहकार प्रकाश लामा, तामाङ समाज उत्तर अमेरिका,केन्द्रीय बरीष्ठ उपाध्यक्ष शेर लामा, तामाङ समाज उत्तर अमेरिका,केंन्द्रिय कार्यकारी मंडल सदस्य गोविन लोप्चन लगाएतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मोहन वाईबा सल्लाहकारहरु द्वय इन्द्र तामाङ  र सुर्य तामाङ लगाएतको उपस्थिति रहेको थियो ।

”जब सम्म हाम्रो धर्म, भाषा र संस्कृति हामीसँग रहन्छ तब सम्म हाम्रो पहिचान रहन्छ र हामी नेपाली भनेर गर्व गर्न सक्छौ ‘भन्ने अभिव्यक्तिहरुले विविधता भित्र हार्दिकता र एकताको सन्देश छ” भन्ने सन्देश दिईरहेको थियो ।हाम्रो पहिचान नै राष्ट्रीयता हो यस भित्र हाम्रो परम्परा , संस्कृति जोड़िएका छन् भन्ने मुल मर्ममा कार्यक्रम केन्द्रित रहेको थियो ।

शुभकामना संदेश, गीत र नृत्यका साथ मा डिजे सहित भरपूर मनोरंजनात्मक रुपमा आयोजित कार्यक्रममा लसएन्जल्स बासी नेपालीहरुको भव्य उपस्थिति रहेको थियो। कार्यक्रममा गायक म्हेन्दोमाया संगीतको चर्चित गायक सागर वाइबाले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा प्रस्तुत गरिएको बिभिन्न नृत्यहरुको कोरियोग्राफ़ी बहु प्रतिभाको धनि कलाकार सुरज श्रेष्ठले गरेका थिए ।

तामाङ सोसाइटी अफ लसएन्जल्सका अध्यक्ष टेक वाईबा लामाले कार्यक्रमलाई आर्थिक,भौतिक र नैतिक समर्थन गर्दै उपस्थित सम्पूर्ण  अतिथि तथा लसएन्जल्स नेपालीबासीहरुलाई धन्यावाद प्रकट गरेका थिए । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिदै जाने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष लामाले कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरुलाई समेत धन्यावाद प्रकट गर्र्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा सोसाईटीले राखेको बताए ।


तामाङ समुदायको संस्कार संस्कृतीलाई जिवन्त राख्न सोसाईटी लागिपरेको समेत अध्यक्ष लामाको भनाई थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु