नेकपा जनयुद्ध दिवस : धुम्बाराहीमा भव्य कार्यक्रम ,पार्टीकै जिम्मेवार नेताहरु ओली,नेपाल र खनालनै अनुपस्थित

''ब्यानर विवाद नौलो रहेन''

नेकपा जनयुद्ध दिवस : धुम्बाराहीमा भव्य कार्यक्रम ,पार्टीकै जिम्मेवार नेताहरु ओली,नेपाल र खनालनै अनुपस्थित

काठमाडौं  – प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टी नेकपाले आफ्नै पार्टी कार्यालय धुम्बाराहीमा भव्य रुपमा ‘जनयुद्ध दिवस’ मनायो । तर उनी पार्टी अध्यक्ष स्वयं कार्यक्रममा उपस्थित भएनन्।

ओलीसँगै उनकै क्याबिनेटका उपप्रधानमन्त्री तथा नेकपा नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली लगायत थुप्रै तत्कालिन एमाले नेताहरु आफ्नै पार्टी कार्यालयमा भएको भव्य कार्यक्रममा देखिएनन् ।

नेकपा इतिहासमै यो सम्भवतः पहिलो त्यस्तो कार्यक्रम हो, जहाँ पार्टीकै शिर्ष नेताहरु उपस्थित भएनन् । धुम्बाराहीमा भव्य कार्यक्रम भइरहँदा पार्टीकै जिम्मेवार नेताहरुलाई जानकारी नभए झैँ सिंहदरबारमा व्यस्त हुनु अनौठो नै हो । अवस्था यस्तो देखिएको छ कि, घरमा धुमधाम विवाह समारोह भइरहँदा घरबेटी नै घरमा छैनन् १

त्यसो त पार्टी एकताको बेला तत्कालिन माओवादी कार्यकर्ताहरुले ‘एमाले हावी भएको’ भन्दै भंग गरेको राष्ट्रिय सभागृहको एकता घोषणा कार्यक्रमकै शृंखला अहिले पुनराबृत्ति भयो । धुम्बाराहीस्थित पार्टी कार्यालयमा अधिकांश तत्कालिन एमाले नेताहरु उपस्थित नै थिएनन् । अध्यक्ष ओलीसहित माधव नेपाल, झलनाथ नै उपस्थित नहुनुले उनीहरुको असन्तोष लुकाउनै पर्दैन ।

मञ्चमा मुख्य वक्ता थिए प्रचण्ड । उनको एक छेउमा थिए सुभाव नेम्वाङ, अर्को छेउमा विष्णु पौडेल, युवराज ज्ञवाली, अमृत बोहोरा, टोपबहादुर रायमाझी, पम्फा भुसाल लगायत । कार्यक्रममा अधिकांश नेताले पालैपालो सहिदहरुलाई माल्यार्पण गरेर लालसलाम टक्र्याउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा अध्यक्ष सहित थुप्रै नेताको उपस्थिति नहुँदा ‘जनयुद्ध दिवस’ प्रति उनीहरुको प्रष्ट अरुची देखिन्थ्यो ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओली सरकारको एक वर्षको कामको मुल्यांकन तथा व्यवस्थापन लगायत व्यवस्तता रहेकाले कार्यक्रममा आउन सम्भव नभएको जानकारी प्रचण्डले नै गराएका थिए । तै पनि यो कार्यक्रम दुबै अध्यक्षको निर्णयबाट भएको उनको भनाइ थियो ।

नेकपामा ब्यानर विवाद अब नयाँ भएन । यसअघि पनि पटक पटक ब्यानरकै विषयमा नेताहरुबीच विवाद मतभेद् देखिन्थ्यो । जुन अहिले पनि । माओवादीले २०५२ साल फागुन १ गते कै दिन ‘जनयुद्ध’ सुरु गरेको उपलक्ष्यमा दिवस मनाउँदैआएको थियो । नेकपा गठनपछि पहिलो औपचारिक दिवस आजै भएको हो ।

खासमा फागुन १ नितान्त रुपमा माओवादी भुमिगत युद्धमा सामेल योद्धाहरुको सम्झनाकै रुपमा मनाउने चलन हो । जुन कार्यक्रमको बारेमा तत्कालिन एमाले नेताहरुले खुलेरै विरोध जनाउँथे । आज त्यही ‘जनयुद्ध दिवस’ ‘डाइभर्ट’ भएर ‘जनआन्दोलन तथा जनयुद्धका सहिद’को सम्झनामा रुपान्तरण भयो । ब्यानरमै ‘जनआन्दोलनका सहिद’ भनी लेखिएको थियो । यसले ‘जनयुद्ध’को मर्म र उद्देश्य समेट्दैन ।

त्यसो त प्रचण्ड लगायत उनी निकट पूर्व माओवादी नेता तथा कार्यकर्ताको समुहले पेरिसडाँडामा पुगेर आफ्ना सहिदको शालीकमा माल्यार्पण गरेका थिए । जब कि, पूर्व एमाले नेताहरुलाई यो कार्यक्रम सायद थाहै थिएन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु