काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पाण्डेलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
गत कात्तिकमा बसेको मन्त्रिपरिषदको बैठकले मलेसियाको राजदूतका लागि उनलाई सिफारिस गरेको थियो।
पाण्डे यसअघि साउदी अरबका लागि राजदूत थिए।