Breaking News

लागुऔषधसहित तीनजना प्रहरीको फन्दामा

लागुऔषधसहित तीनजना प्रहरीको फन्दामा

जनकपुरधाम– लागु औषधसहित बारा सिमराबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारा उपमहानगरपालिका ७ बाट लागुऔषध ८ किलो गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्सा जिल्ला पर्सागढी नगरपालिका ८ का ३२ वर्षीय शिव कुमार महतो, मकवानपुर जिल्ला राक्सिरांग गाउँपालिका ३ का ३१ वर्षीय हिमालसगा रुम्बा र सोही गाउँपालिका ३ का ३० वर्षीय श्रीराम स्यांग्तान रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

पक्राउ गरिएका तीनै जनालाई जिल्ला अदालत बाराबाट लागुऔषध ओसारपोसार मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु