Breaking News

वरिष्ठ नेता पौडेलले भने– “सरकार आफ्नो मनोमानी ढंङ्गले चलेको छ”

वरिष्ठ नेता पौडेलले भने– “सरकार आफ्नो मनोमानी ढंङ्गले चलेको छ”

चितवन– प्रेस युनियन चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली क्रांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले सरकारले जनताको अपेक्षामा छाँया पारेको बताएका छन् । उनले दुईतिहाइ सरकार आएपछि सरकारले विकास निर्माणको काममा छलाङ मार्ने आशा राखेको भए पनि जनातको आशामाथि तुषारापात ल्याएको बताएका छन् ।

सरकारको काम तथा कार्बाही प्रति कडा रुपमा प्रस्तुत भएका नेता पौडेलले सरकारले आफ्नो मनोमानी ढङ्गले चलेको आरोप लगाए । उनले प्रमुख प्रतिपक्षि दलको हैसियतले आफुहरु पनि सरकारको कामको निगरानी गर्ने गरेको बताएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु