डीपीएलः सिवाईसी अत्तरियाद्वारा धनगढी स्टार्स ५ रनले पराजित

डीपीएलः सिवाईसी अत्तरियाद्वारा धनगढी स्टार्स ५ रनले पराजित

कैलाली– डीपीएलको तेस्रो संस्करणको दोस्रो दिनको पहिलो खेलमा घरेलु टोलि सिवाइसी अत्तरियाले अर्को घरेलु टोलि धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । डीपिएल तेस्रो सिजन टि–२० क्रिकेट प्रतियोगितामा धनगढीले आफ्नो पहिलो खेलमा काठमाडौं गोल्डेन्ससंग पराजित हुँदा धनगढी स्टार्स दोस्रो खेलमा पनि लगातार पराजित हुन पुगेको छ ।

पहिलो खेलमा जित निकाल्दै अत्तरियाले डीपिएल प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
सिवाइसी अत्तरियाले पहिलो ब्याटिङ गर्दै दिएको ९६ रनको झिनो लक्ष्य पछ्याउन आएको धनगढी स्टार्स २० ओभरमा ९ विकेटको नोक्सानी ९० रनमा समेटिदा सिवाईसी अत्तरियालाई ५ रनको जित सुम्पिन पुग्यो ।

धनगढीका लागी राजु रिजालले सर्वाधिक नट आउट २६ रन जोड्दा, रोहन मुस्तफाले दोस्रो सर्वाधिक १८ रनको योगदान दिए, त्यसैगरी सन्दीप रजालीले ११ रन, कप्तान सोमपाल कामीले १० रन, सुनिल धमला र आमिर हयातले चार चार रन बनाउदा रबिन क्षेत्रीले २ रन जोड्दा धनगढीका तीन जना ब्याट्सम्यान सुन्यमा आउट भएका थिए ।

बलिङतर्फ सिवाइसी अत्तरियाका भुवन कार्कीले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ४ विकेट चट्काउदा उनले १० मात्रै खर्चिएका थिए । त्यस्तै सन्नी पटेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट प्राप्त गर्दा अत्तरियाका नव प्रतिभा दिपेन्द्र रावल र कप्तान दिपेन्द्र सिह ऐरीले एक एक विकेट प्राप्त गरे ।

मंगलपुर धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जित्दै सिवाइसी अत्तरियाले ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ५ विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियोे ।अत्तरियाका लागी सन्नी पटेलले २८ बल खेल्दै २ छक्का र २ चौकाको मद्दतले नटआउट ३५ रनको सर्वाधिक योगदान दिदा, ओपनर जयकिषन गोल्छावालाले २१ रनको योगदान दिदा रोहन मुस्तफाले उनलाई आउट गरेका थिए ।

त्यसैगरी अर्का ओपन सुबेन्दु पाण्डेले १५ बल खेल्दै ३ रन जोड्दै रोहन मुस्तफाले एल्बिडब्लुको सिकार बनाएका थिए । प्रेम तामाङले १२ रन जोड्दा आमिर हयातको बलमा बोल्ड हुँदा दिपेन्द्र सिह ऐरी अम्पायर देबेन्द्र सुबेदिको गलत निर्णयको सिकार हुँदै आउट हुँदा ऐरीले ११ रन जोडेका थिए ।

त्यस्तै युवा क्रिकेटर सन्दीप जोरा खराब सट हिर्काउदै आउट हुँदा उनले २ रन मात्रै बनाउदा भुवन कार्कीले ३ रन बनाउदा नटआउट रहेका थिए । धनगढीका बलरहरुले उत्कृष्ट बलिङको प्रदर्शन गर्दा अत्तरियाका ब्याट्सम्यान एकपछि अर्को गर्दै धरापमा परेका थिए । धनगढीका रोहन मुस्तफाले २ विकेट चट्काउदा उनले ४ ओभरमा १४ रन मात्रै खर्चिए, त्यस्तै कप्तान सोमपाल कामी, आमिर हयात र बिपिन खत्रीले एक एक विकेट प्राप्त गरेका थिए ।

बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याच सन्नी पटेल घोषित हुँदा पटेलले नै उत्कृष्ट किलिएर क्याचको अवार्ड हात पार्दा म्याच चेन्जर अवार्ड भुवन कार्कीले हात पारे । दर्शकको तर्फबाट मैदान बाहिर क्याच गर्दै आयुशमान बमले १० हजार रुपैयाँ प्राप्त गरे । आजको दोस्रो खेल बिराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सका बिच १ बजे हुनेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु