Breaking News

सोनाम ल्होसार २८५५ सम्पन्न गर्दै क्यानडामा तामाङ संस्था गठन

सोनाम ल्होसार २८५५ सम्पन्न गर्दै क्यानडामा तामाङ संस्था गठन
  • आशिष तामाङ

टोरान्टो– क्यानाडाको टोरान्टोमा तामाङहरु भेला भएर सोनाम ल्होछार २८५५ फाग/ड्वा ल्हो सामुहिक रुपमा मनाएका छन् ।

सोनाम ल्होछारको अवसरमा तामाङहरु बिच भेटघाट तथा परिचय गर्ने उद्धेश्यका साथ भेलाको आयोजन गरी सोनाम ल्होछार मनाएको हो । भेलामा उपस्थित मध्ये जेष्टता डेरिक मोक्तान तामाङले दिप प्रज्ज्वलन गरी ल्होछारको शुभकामान आदानप्रदान गरेका थिए ।

तामाङ समुदायको भाषा ,धर्म,भेषभुषा तथा कला संस्कृति र परम्परालाई निरन्तर दिदै तामाङ समुदायको पहिचान को लागि सम्पूर्ण तामाङहरु एकै थलोमा भेटघाट गर्ने माध्याम नभएकोले भेलाको आयोजन गरी ल्होछार मनाएको हो ।

तदर्थ समितिले क्यानाडा रहेका सम्पूर्ण तामाङहरुलाई सम्पर्क गरि संस्थामा आवद्ध गर्दै सकेसम्म छिटै प्रथम अधिवेशन गर्ने र हालको लागि संस्थाको नाम “तामाङ समाज क्यानडा” राखेपनि प्रथम अधिवेशनको बन्दशत्रबाट जुनसुकै उपयुक्त नाम राख्न खुल्ला राखेको उपसंयोजक बिनु लामा तामाङले जानकारी दिएकी छन् ।

भेलामा उपस्थित ब्यक्तित्वहरु बिच छलफल र सरसल्लाह अनुसार राजन तामाङको संयोजकत्वमा “तामाङ समाज क्यानाडा (तामाङ सोसाइटी अफ क्यानडा) स्थापना गर्दै तदर्थ समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा बिनु लामा तामाङ,सदस्यहरुमा डेरिक मोक्तान तामाङ, सबिता लोप्चन तामाङ, कमल माम्बा तामाङ, युवेस मोक्तान तामाङ, माया मोक्तान तामाङ, उर्मिला लामा तामाङ, शर्मिला तामाङ, सिता तामाङ, उर्मिला तामाङ, सिता लामा, सिद्धार्थ तामाङ, संजिव तामाङ, अनु लामा तामाङ, अम्बिका लामा तामाङ र शोभा तामाङ रहेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु