Breaking News

तामाङ युवा मञ्चद्वारा मलेशियामा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न

तामाङ युवा मञ्चद्वारा मलेशियामा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न
  • आशिष तामाङ

मलेसिया– मलेसियाको जोहोर बारुमा नेपाल प्रबासी तामाङ युवा मञ्च मलेसियाद्वारा फेब्रुअरी १० आइतबारका दिन २८५५ फाग ल्हो (सुगुर बर्ग) सोनाम ल्होछार संगीतिक कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ ।

मलेसियाको जोहोर बारुको ए बि ईन होटेलमा तामाङ जातिको उत्थान, भाषा धर्म र साँस्कृतिक झल्काउने परिवेश पहिरनमा धेरै दर्शकहरुको उपस्तिथि भएको संगै स्थानीय कलाकारहरुको उत्कृष्ट बेजोड प्रस्तुति नृत्य, गायन तथा हास्य व्यंग्य जस्ता दमदार प्रस्तुतिमा र अतिथिको लागि भने कुनै पनि संघसंगठन , धर्मिक आस्था, राजनीति दाल पार्टी लगायत सस्थाहरुमा निमन्त्रणाको अपिल बिना नै सम्पन्न भएको थियो । उक्त ल्होछार संगीतिक कार्यक्रम दिनेश थिङ तामाङको संयोजकत्वमा सम्पन्न भएको हो ।

अन्तमा उक्त कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने बुद्धिजीवी अगुवाई ,संघसंगठन ,कलाकार ,मिडिया पार्ट्न लगायत सम्पुर्ण उपस्थित महानुभबहरुलाई संयोजक तामाङले शुभकामना तथा धन्यवाद दिदै उत्कृष्ट काला प्रस्तुति दिएर कार्यक्रमलाई भब्य बनाउनु हुने सम्पुर्ण कलाप्रेमिहरुलाई तामाङहरुको पहिचान झल्किने तामाङ टोपी “मायाको चिनो” समेत प्रदान गरिएको थियो ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु