Breaking News

हजारौं दर्शकको माझ नेपालगन्जमा अनमोलले यसरी लिए ‘सेल्फी’

हजारौं दर्शकको माझ नेपालगन्जमा अनमोलले यसरी लिए ‘सेल्फी’

काठमाडौ‌– चलचित्र ‘क्याप्टेन’को प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका नायक अनमोल केसीप्रति दर्शकको अनौठो क्रेज देखिएको छ । चलचित्र ‘क्याप्टेन’आउँदो फल्गुन १७ गते प्रदर्शनमा आउँदैछ । फिल्म प्रचारप्रसारको क्रममा नेपालगञ्ज पुगेका अनमोललाई नेपालगञ्जमै चलिरहेको खजुरा महोत्सवमा बोलाउन दर्शकहरुले माग गरेपछि आयोजकले चर्को मूल्य तिरेर भएपनि अनमोललाई महोत्सवमा बोलाएका थिए ।

फिल्म ‘क्याप्टेन’ को टिमसहित महोत्सवमा पुगेका अनमोललाई कडा शुरक्षाकर्मीहरुको बीच मञ्चमा उकालिएको थियो । प्रतिक्षामा बसेका दर्शकहरुले उनलाई ताली, हुटिङले स्वागत गरिरहँदा पुरै खजुराको माहोल तातेको थियो । महोत्सवको मञ्चमा अनमोलले ‘क्याप्टेन’ को हिट गीत ‘रहर छ सँगै…’ बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए भने सिनेमाको ट्रेलरमा समावेश केही डाइलग बोलेर दर्शकलाई सुनाए ।

पहिलो पटक नेपालगन्ज पुगेका अनमोललाई देख्न पाउँदा दर्शक निकै हर्षित देखिन्थे । अभिनेता केसी र दर्शकबीच रिलिजको तयारीमा रहेको सिनेमा क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो । अनमोलको गत वर्ष प्रदर्हनमा आएको फिल्म कृ पछि फिल्म ‘क्याप्टेन’ मार्फत दर्शक बामुन्ने आउँदैछन् ।अहिले उनी यस फिल्मको प्रचारलाई लिएर व्यस्त छन् ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु