Breaking News

निरन्तर ओरालो लागेको नेप्सेमा आज सामान्य अंकको सुधार

निरन्तर ओरालो लागेको नेप्सेमा आज सामान्य अंकको सुधार

काठमाडौं– नेप्सेमा सामान्य अंकले सुधार छाएको छ । निरन्तर रुपमा ओरालो लागेको नेप्से सोमबार भने केही अंकले सुधार भएको छ । सुधारको सामान्य अवस्था देखिए पनि वृद्धिदर भने निकै सुस्त छ । सूचक सकारात्मक देखिए पनि कारोबार रकमले गति लिन सकेको छैन । विस्तारै दैनिक खरिदबिक्री रकममा पनि सुधार आउने आम लगानीकर्ताको अपेक्षा रहेको छ ।

आज नेप्से एक दसमलव ३४ अंकले बढेर ११ सय २८ दसमलव ८६ बिन्दुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव १९ अंकले बढेर दुई सय ४० दसमलव ४० बिन्दुमा चढेको छ । एक सय ६६ कम्पनीहरुको चार हजार नौ सय ८२ वटा कारोवारमा छ लाख ८७ हजार तीन सय ३६ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २० करोड २७ लाख १४ हजार २२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक र उत्पादनमुुलक समुहको सुचक क्रमश एक दसमलव ४८ र १० दशमलव २४ बिन्दुले घटेका छन भने बाँकी समुहको सुचक बढेका छन् । सो मध्ये बिकास बैक समुहको सुचक १३ दसमलव ७१ अंकले बढेर १४ सय ३५ दशमलव ९९ बिन्दुमा चढ्दा जलबिद्युत समुहको सुचक दुई दशमलव ४४ अंकले बढेर ११ सय ४६ दशमलव ३९ बिन्दुमा चढेको छ ।

फाईनान्स समुहको सुचक पनि आज दुई दशमलव चार अंकले बढेर पाँच सय ९६ दशमलव ३८ बिन्दुमा चढेको छ । लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल र अन्य समुहको सुचकमा पनि सुधार आएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु