डिपिएलको तेस्रो संस्करण आज देखी शुरु, धनगढीले काठमाडौंलाई दियो १ सय ३३ रनको लक्ष्य

डिपिएलको तेस्रो संस्करण आज देखी शुरु, धनगढीले काठमाडौंलाई दियो १ सय ३३ रनको लक्ष्य

धनगढी– धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण आज देखी शुरु भएको छ ।

धनगढीको फाप्ला मैदानमा आज विहान ९ बजे सुरु भएको पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई जितको लागि १ सय ३३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३२ रन बनायो ।

धनगढीका लागि अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ५० रनको उत्कृष्ट इनिङ खेल्दै प्रतियोगिताको पहिलो अर्धसतक प्रहार गरे । त्यसैगरी एस रजालीले २८ रन जोड्दा सौरभ खनालले केही आक्रामक पारी खेल्दै १० बलमा २५ रनको योगदान दिँदा युवा क्रिकेट पवन सराफले १९ रनको योगदान दिँदा धनगढी स्टार्सका अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकमा रन बनाउन चुकेका थिए ।

बलिङतर्फ काठमाडौँका नन्दन यादवले २ विकेट प्राप्त गर्दा ललितनारायण राजवंशी र ए डबासले एक एक विकेट झारेका थिए । घरेलु टोली धनगढी स्टार्सले प्रस्तुत गरेको एक सय ३३ रनलाई पछ्याउन काठमाडौँ गोल्डेन्स मैदानमा जवाफी ब्याटिङ गरिरहेको छ ।

आजै दोस्रो खेलमा महेन्द्रनगर युनाइटेट र रुपन्देही च्यालेन्जबीच हुनेछ । यो प्रतियोगितामा विजेता टोलीले ३० लाख नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उपविजेता, तेस्रोले चौथो हुने टोलीले क्रमस १२ लाख, ४ लाख र २ लाख नगद पुरस्कार, मेडल र प्र्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता पाउनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

खेल शनीबारबाट सुरु हुने भनीएको भएपनि खराब मौसमका कारण २ दिन ढिला सुरु भएको हो । खेल आगामी फगुन ११ गते सम्म चल्ने छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु