Breaking News

काठमाडौं महानगर र आसपासका नगरपालिकामा १८ वटा नयाँ पार्क थपिँदै

काठमाडौं महानगर र आसपासका नगरपालिकामा १८ वटा नयाँ पार्क थपिँदै

काठमाडौं– काठमाडौं जिल्लामा १८ वटा नयाँ पार्क थपिने भएका छन् । काठमाडौं महानगर र आसपासका नगरपालिकामा पार्क थपिने भएका हुन् ।

काठमाडौं महानगरले आफैँले नौवटा र छिमेकी नगरपालिकाले नौवटा पार्क बनाउने भएका छन् । महानगरले आइतबार नौवटा नगरपालिकालाई एक÷एक करोड रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महानगरले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकासँग सम्झौता गरेको हो । टोखा नगरपालिकाले भने गत २० असारमै पार्क बनाउन आर्थिक सहयोगको रकम लगिसकेको छ । – आजको नयाँ पत्रिका दैनिकबाट

वडा समाचारहरु

सम्बन्धित समाचारहरु