तामाङ भाषाको चलचित्र ‘प्रङ्ना’ को पहिलो विशेष सो अष्टनाराण हलामा

तामाङ भाषाको चलचित्र ‘प्रङ्ना’ को पहिलो विशेष सो अष्टनाराण हलामा

काठमाडौँ- तामाङ भाषाको चलचित्र ‘प्रङ्ना’ काठमाडौँको बालाजुमा विशेष सो गरिएको छ । राजकिङ वाईबाको निर्देशनमा बनेको चलचित्र ‘प्रङ्ना’ आइतबार अष्टनाराण हलामा विशेष सो गरिएको हो ।

झण्डै अढाई सय वर्षअघि तामाङ समुदायमा रहेको गरिबीलाई चित्रण गरिएको चलचित्र ‘प्रङ्ना’को छायांकन रसुवा, धादिङ र नुवाकोट आसपासको क्षेत्रमा गरिएको हुन् ।
पुर्व गृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतित्थामा सम्पन्न भएको फिल्मको प्रथम विशेष सोमा पुर्व कानुन राज्यमन्त्री पर्शुराम तामाङ लगायत फिल्मका कलाकार तथा प्राविधिकको साथमा दर्शकहरुको बाग्लो उपस्थिति रहेको थियो ।

छिमीम्हम्बा तामाङको कथा र निर्माण रहेको चलचित्रमा निर्देशक राजकिङ वाईबासहित बिगेन्द्र वाईबा, लीला थिङ तामाङ, जोङबा कान्छा तामाङ, सोनी वाईबा, बनु लोप्चन, बुद्धिमान तामाङ लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।

काठमाडौँको बालाजुस्थित रहेको अष्टनारायण हल दर्शकहरुले हाउसफुल भएपछि चलचित्र युनिटले सम्पुर्ण दर्शक तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापनसमेत गरेका थिए । त्यसैगरी सो चलचित्रका कलाकार बिगेन्द्र वाईबाले आफुहरुले गरेको मिहेनत पर्दामा साकार भएको बताउँदै खुशी व्यक्तसमेत गरेको थियो ।

चलचित्र ‘प्रङ्ना’ को टिजर

वडा समाचारहरु

सम्बन्धित समाचारहरु