बेल्जियमको ब्रुजमा ल्होछार साँझ भब्यताका साथ सम्पन्न

बेल्जियमको ब्रुजमा ल्होछार साँझ भब्यताका साथ सम्पन्न
  • आशिष तामाङ

बेल्जियम– तामाङ समाज बेल्जियमले फेब्रुअरी ९ तारिक शनिबारका दिन बेल्जियमको ब्रुजमा ल्होछार साझ भब्यताका साथ सम्पन्न गरेको छ । तामाङ समाज बेल्जियमका अध्यक्ष राम लामाको सभापतित्वमा प्रमुख अथिति नेपाली राजदुताबासका राजदुत लोक बहादुर थापाले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

२८५५औ सोनाम ल्होछार बँदेल बर्षको औपचारिक कार्यक्रम लामा गरुले पुजा गरे पश्चात्, विशिष्ट अथिति अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासि लामाले तामाङहरुको कला, संस्कृति र भेष–भूषा बारे प्रष्ट पार्दै सम्मानताका लागि राज्यसत्ताको ऐतिहासिक विभेदकारी नितीको अन्त्य हुनुपर्ने बताए ।

यसैगरी कार्यक्रममा सचिव गोपि मोक्तान, नेपाल जनजाति माहासङग बेल्जियमका अध्यक्ष बाबुराजा लामा, एन आर एन बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहाल, केन्द्रिय सचिव जानकी गुरुङले शुभकामाना मन्तब्य दिएका थिए भने स्वागत मन्तब्य समाजका सदस्य आशा थोकर र कार्यक्रम सञ्चालन महासचिब जोगमान तामाङले साथै साँस्कृतिक कार्यक्रमको सञ्चालन सदस्य लालिङ तामाङले गरेकी थिईन्।

कार्यक्रममा नेपाल बाट घुम्न पुगेका जेष्ठ नागरिकदोय किताब सिंह तामाङ, ८० बर्षिय आमा दामु तामाङ र चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन बाट नवनिर्वाचित उपाध्यक्ष टासि लामा, महिला सचिव गोपि मोक्तान साथै नेपाल जनजाति महासंघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका बाबुराजा लामालाई संस्थाका संरक्षक अनिता तामाङ र भरत लामाले खादा लगाई सम्मान गरेका थिए ।

नेपालका ख्यातिप्राप्त अथिति कलाकार लोक तथा दोहोरी गायक बिरु लामा र सेलो गायिका निर्मला घिसिङको बिशेष प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाएको थियो भने, अर्को तिर स्थानिय कलाकार ईना लामा, प्रतिता तामाङ, लिलियम थापा, याना वाईबा, प्रथम लामा र प्रवेश लामाको बेजोड नित्यले कार्यक्रम झनै आकर्षित बनाएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु