नेपाल तामाङ समाज ओमानद्वारा ‘सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम–२०१९’ भब्यताका साथ सम्पन्न

नेपाल तामाङ समाज ओमानद्वारा ‘सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम–२०१९’ भब्यताका साथ सम्पन्न
  • आशिष तामाङ

ओमन– नेपाल तामाङ समाज ओमानले सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम–२०१९ भब्यताका साथ सम्पन्न गरेको छ । फेब्रुअरी ८ तारिकमा समाजले २८५५(फाग्/ड्वा ल्हो) सुंगुर/बदेल वर्षको स्वागत गर्दै अल मासा हल रुवि मस्कटमा कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल तामाङ समाज ओमानको अध्यक्ष तेज बहादुर तामाङको सभा अध्यक्ष र नेपाली राजदुतावास ओमानका राजदुत महामहिम शर्मिला परजुली ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

त्यसैगरी कार्यक्रमका विषेश अतिथिमा अन्तरराष्ट्रिय गैर आवासिय संघका सचिव डि बि छेत्री र लामा गुरु दावा सङ्बो लामा रहेका थिए भने ओमानमा सक्रिय विभिन्न संघसंस्था र राजनीति दलका प्रतिनिधिहरु, समाजसेवी लगायत अतिथि रहेका थिए ।

कार्यक्रममा ओमानलाई कर्मथलो बनाउदै आइरहेका तामाङ तथा गैर तामाङहरुको बाक्लो उपस्थितिरहेको उक्त कार्यक्रम लोकतन्त्र गणतन्त्र र धर्म निरपेक्ष प्राप्त गर्नुको लागि सहादत प्राप्त गरेका ज्ञात अज्ञात वीर सहिदहरुलाइ सम्झदै एक मिनेट मोन धरन बाट सुरु भएका कार्यक्रमको उदघाटन् प्रमुख अतिथि लामा गुरु सभा अध्यक्ष लगायतका अतिथिहरुले दीप प्रज्वलन गरि शुरु गरेका थिए भने राष्ट्रिय धुन सङ्गै उपस्थित सबै जनाले देशलाइ सम्झेका थिए। त्यसै गरि समाजका वरिष्ठ उपाध्यक्ष बिरोज लामाले कार्यक्रम सञ्चालन गरेका थिए।

त्यसैगरी कार्यक्रमका समाजका सचिव कृष्ण तामाङले स्वागत मन्तव्य राखेका थिए भने नेपाली राजदुतावास ओमान का राजदुत महामहिम शर्मिला परजुली ढकालले शुभकामना मन्तव्यका दिएकी थिईन् ।

नेपाल तामाङ समाज ओमानका कलाकारहरुले साँस्कृतिक कोसेली प्रस्तुत गरेको थिए । यसका साथ–साथै ओमान स्थित स्थानीय कलाकारहरुको नित्य गायन प्रस्तुति रहेको थियो । उक्त साँस्कृतिक कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार मिङ्स लामा र सुरज थापाको दमादर प्रस्तुतिले हल भित्र रहेका पुरै दर्शकलाइ नाच्नु बध्य बनाएको थियो।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तेजबहादुर तामाङले कार्यक्रमलाई सफल पार्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिदै ल्होछारको शुभकामना सङ्गै कार्यक्रमको समापन गरेका थिए।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु