Breaking News

मोटरसाइकल चोरी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धद्वारा पाँच जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धद्वारा पाँच जना पक्राउ

साँखु– मोटरसाइकल चोरी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा अभियुक्तहरुलाई पक्राउ गरेको थियो । माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ नंको पल्सर, गोकर्णेश्वर नगरपालिका बेँसीगाउँबाट प्रदेश नं ३, ०२—००२ प ८९८७ नंको २०० सिसीको मोटरसाइकल हराएको थियो ।

त्यस्तै सोही मितिमा गोकर्णेश्वर नगरपालिका माकलबारीबाट बा७०प ७२५४ नंको एनएसपल्सर र बा२९प ५१२१ नंको मोटरसाइकल चोरी भएको थियो ।

प्रहरीले गोकर्णेश्वर नगरपालिका–९ भगवतीचोक नजिक रहेको छोरोल्पा गलैँचा कारखानाको परिसरभित्र लुकाएर राखेको ति चारैवटा मोटरसाइकलसहित तीनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।

चोरीमा संलग्न सर्लाही हरिवन नगरपालिका–१ घर भई जोरपाटी अत्तरखेल बस्ने २८ वर्षीय भोजबहादुर योञ्जन, सोही ठेगाना भएका १८ वर्षीय रामबहादुर योञ्जन र हरिवन नगरपालिका–६ स्थायी घर भई काठमाडौँ बस्ने मदन लामालाई प्रहरीले पक्राउ गरी आइतबार चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु