पर्यटन विकासमा छुट्याएको ६३ लाख मासुभात र रक्सीमै सकियो

पर्यटन विकासमा छुट्याएको ६३ लाख मासुभात र रक्सीमै सकियो

धरान– धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् ।

उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन । – आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

वडा समाचारहरु

सम्बन्धित समाचारहरु