Breaking News

स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ चिकित्सक पक्राउ

स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ चिकित्सक पक्राउ

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ जना चिकित्सक पक्राउ परेका छन् ।

कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै स्वास्थ्य मन्त्रालय अगाडि धर्नामा रहेका सरकारी चिकत्सक संघ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेसहित २५ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारी चिकित्सक संघका अध्यक्ष डाक्टर पान्डेले मन्त्रालयले शान्तिपूर्ण धर्ना दिईरहेको बेलामा प्रहरी लगाएर धरपकड गरिएको आरोप लगाए ।

यसैबीच धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघका महासचिव डा.लोचन कार्कीद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा सरकारले चिकित्सकहरुको समायोजनका सम्बन्धमा गरेको विवादास्पद निर्णयका विरुद्ध धर्ना दिँदा धरपकड गरिनु निन्दनीय भएको उल्लेख गरिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु