बिग बास लिगः सन्दीपको उत्कृष्ट बलिङमा मेलवर्न स्टार्स सेमिफाइनलमा प्रवेश

बिग बास लिगः सन्दीपको उत्कृष्ट बलिङमा मेलवर्न स्टार्स सेमिफाइनलमा प्रवेश

काठमाडौँ– अस्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै मेलवर्न स्टार्सले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पहिले ब्याटिङ गर्दै मेलवर्नले दिएको १६९ रनको लक्ष्य पछ्याएको सिड्नी १३.४ ओभरमा सबै विकेट गुमाउँदै ७४ रन सीमित हुँदा ९४ रनले पराजित भएको हो । सिड्नीका लागि डेनियल ह्युजले १२ र टिम कुरानले १० रन बनाउँदा अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट स्पेलमा ३ दशमलव ४ ओभरमा जम्मा ११ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट प्राप्त गरेका थिए । सन्दीपले यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले एक रनआउट गरे भने एक क्याच समेत लिएका थिए । सन्दीपले यो सँगै बिग बास लिगमा ७ खेलमा ११ विकेट लिएका छन् । त्यसैगरी आजको खेलमा मेलवर्नका लागि एडम जाम्पा र डेनियल वेओरेलले दुई दुई विकेट लिएका थिए । भने कप्तान ग्यालेन म्याक्सवेल र ज्याक्सन वर्डले एक विकेट प्राप्त गरे ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मेलवर्नका कप्तान ग्यालेन म्याक्सवेलको आक्रामक पारी खेल्दै सर्वाधिक ८२ रनको अर्धसतकिय पारिको मद्दतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

म्याक्सवेलले ४३ बलमा अविजित ८२ रन बनाउँदै सिड्नीलाई राम्रो लक्ष्य दिन सफल भएका थिए । त्यस्तै मेलवर्नका मार्कोस स्टोइनिसले ३४ रन बनाए भने ह्यान्ड्सकबले ३५ रन बनाएका थिए ।

सिड्नीका टिम कुरानले २ विकेट प्राप्त गरेका थिए । बिग बास लिगको सेमिफाइनल अब मेलवर्नले होबर्ट हुरिक्यानसँग फेब्रुअरी १४ मा प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल सिडनी सिक्सर्स र मेलवर्न रेनेगेडजबीच प्रतिस्पर्धा हुने छ ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु