पोलमा ठोक्किँएर करेन्ट लाग्दा बालकको मृत्यु

पोलमा ठोक्किँएर करेन्ट लाग्दा बालकको मृत्यु

दमौली– तनहुँमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ जिल्लाको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर १२ वर्षीय सुवास विष्टको मृत्यु भएको हो ।

मृत बालक साइकल चलाइइरहेका बेला घर नजिकको पोलमा ठोक्किँका थिए । पोलमा विद्युत् चुहिएको कारण करेन्ट लागेर उनको मृत्यु भएको हो ।

बालकको शव दमौली अस्पतालमा राखिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु