सोलर र्चाज गर्ने क्रममा व्याट्री पड्किँदा दुवै आँखा बन्द

सोलर र्चाज गर्ने क्रममा व्याट्री पड्किँदा दुवै आँखा बन्द

हुम्ला– हुम्लामा सोलर र्चाज गर्ने व्याट्री पड्किँदा एक जनको दुवै आँखा बन्द भएको छ । व्याट्री फड्किँदा सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको एसिडले जलेर दुवै आँखा बन्द भएको छ ।

जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताएका छन् ।

सोलारबाट चार्ज हुने १२ भोल्टको व्याट्री सुकाउन जाँदा पड्केर दुवै आँखा बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु